नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जाँदै

  ।   २०७८ भाद्र ३, बिहीबार ०७:२०

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाँदैछ ।

ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल हुनेछन् । हाल बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये दुई जना मात्रै अन्तिम सूचीबाट फालिनेछन् ।

यही शुक्रवारसम्म अन्तिम टोलीको टुंगो लगाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसिय श्रृंखला खेल्नेछ ।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्नेछ । त्रिकोणात्मक श्रृंखला अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी ९पि।एन।जी० सँग दुई वटा उक दिवसिय खेल खेल्नेछ ।

ओमानमा नेपाली टोलीको २४ घण्टाभित्र एक पिसिआर परिक्षण हुने छ । खेलाडीको रिपोर्ट नेगेटिभ आएमा क्वारेनटाइन बस्नु पर्ने छैन ।

नेपाली टोलीले साउन तेस्रो सातादेखि बन्द प्रशिक्षण गरिरहेको छ । क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा पूर्व कप्तान पारस खड्का सन्न्यासको कारण सहभागि भएनन् ।

Next Post

नरैनापुर गापामा भदौं ४ गते सार्वजनिक विदा

२०७८ भाद्र ३, बिहीबार ०७:२०
संवाददाता, नेपालगंज। सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै गाईजात्रा दिन काठमाण्डौ उपत्यकामा मात्र सार्वजनिक […]