प्रधानमन्त्री कप : वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब दोस्रो सेमिफाइनल खेल खेल्दै

  ।   २०७७ माघ १५, बिहीबार ०७:५१

काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ । आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ ।

हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ ।

Next Post

भारतमा कोरोना निर्देशिकाको म्याद एक महिना थपियो

२०७७ माघ १५, बिहीबार ०७:५१
काठमाण्डौ । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ । भारतीय केन्द्रीय सरकारले निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना थपिएको घोषणा गरेको हो । हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर […]

सम्बन्धित समाचार