भारतमा कोरोना निर्देशिकाको म्याद एक महिना थपियो

  ।   २०७७ माघ १५, बिहीबार ०७:५३

काठमाण्डौ । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ ।

भारतीय केन्द्रीय सरकारले निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना थपिएको घोषणा गरेको हो ।

हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनुपर्नेलगायत नियम कडाइकासाथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकामा अहिले लम्ब्याएर आउँदो फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो ।

भारतमा पछिल्ला केही महिनादेखि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्यामा पहिलाभन्दा धेरै कमी आएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ४९८ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५३ हजार ७२४ जनाको ज्यान गएको छ ।

Next Post

दोस्रो चरणमा पनि खोप ल्याउने तयारी लगभग पूरा

२०७७ माघ १५, बिहीबार ०७:५३
काठमाण्डौ । सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र […]