बर्दियाका विद्यालयहरुमा बालसंरक्षण, आचारसहिंता र सयन्त्र निर्माण गरिंदै

  ।   २०७८ श्रावण २९, शुक्रबार १२:२०

समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको विद्याज्योती माध्यामिक विद्यालयमा बाल संरक्षण निति, आचारसंहिता र गुनासो सुनुवाई संयन्त्र निर्माण सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ ।

क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो । गत वर्षदेखिनै बर्दियाका गुलरिया, राजापुर, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका ४० वटा विद्यालयमा बालसंरक्षण सम्बन्धि नितिगत कार्यशालाहरु गरेर निति, आचारसंिहता र सयन्त्र निर्माण गर्दै आएकोमा सोही अनुरुप यो कार्यशाला पनि गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा २५ वटा विद्यालयमा नितिहरु निर्माण भै कार्यान्वयनमा रहेको र यो वर्ष १५ वटा विद्यालयमा त्यस्ता निति र आचारसंिहता निर्माण गरिने बताउनुभयो ।विद्यालयलाई बालबालिकाका लागि सुरक्षित बनाउने उदेश्यका साथ बढैयाताल ८ कण्ठपुरमा रहेको सो विद्यालयमा बाल संरक्षण निति, आचारसंिहता र गुनासो सुनुवाई संयन्त्र निर्माण गर्न कार्यशाला आयोजना गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र बालबालिकाको सहभागितामा सम्पन्न गरिएको सो कार्यशाला तालिममा विद्यालयलाई सुरक्षित बनाउन विद्यार्थिलाई टिकाई राख्न तथा कुनैपनि प्रकारका हिंसा, दुर्व्यवहार रोक्ने बारेमा बृहत्त छलफल भएको परियोजनाका संयोजक बसन्त विसीले बताउनुभयो । सो कार्यशालाको सहजीकरण मध्यपश्चिमाञ्चल विश्व विद्यालयका प्राध्यापक रविन मल्लले गर्नु भएको थियो भने सो कार्यशाला एक चरणमा भर्चुअल तथा दुई चरणमा सहभागिको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भएको थियो ।यसअघि बाल संरक्षण निति, आचारसंहिता र गुनासो सुनुवाई संयन्त्र निर्माण गरिएको बर्दियाका २५ वटा विद्यालयमा ती सबै निति र आचारसंहिताको राम्रो तरिकाले कार्यान्वयन भैरहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

Next Post

नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या आठ लाख नाघ्यो

२०७८ श्रावण २९, शुक्रबार १२:२०
काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या आठ लाख दुई हजार पाँच सय ६६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यीमध्ये सात लाख २८ हजार पाँच सय […]