नेपालगन्ज । कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठक बसि दक्षिण इजरायलकाे किबुज अलुमिय भन्ने स्थानमा प्यालेष्टाइनकाे हमास समूहले गरेकाे आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरीकका परिवारलाई ३ लाखको दरले राहत प्रदान गर्ने घाेषणा गरेको छ ।
यस्तै मृत्यु भएका सबैजना प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना सहित छिटोभन्दा छिटाे उद्धारकाे लागि नेपाल सरकारलाई आग्रह गरेको छ ।
बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल बार एशाेसियनकाे नियमित बार्षिक साधारण सभाकाे लागि पन्ध्र लाख सहयाेग अनुदान प्रदान गर्ने, गत भाद्र र असाेजमा परेकाे अविरल वर्षा तथा हावाहुरी लगायत प्राकृतिक प्रकाेपबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएकाे बालीनाली तथा पशुपन्छीहरु क्षति भएकाेमा कृषकहरुलाई ६ करोड राहात प्रदान गर्ने जस्ता निर्णय गरेको छ ।