विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या तीन करोड ३३ लाख नाघ्यो

  ।   २०७७ कार्तिक १५, शनिबार १८:२३


एजेन्सी । विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ३ करोड ३३ लाख नाघेको छ । अहिलेसम्म ४ करोड ६० लाख २३ हजार ४४६ जनमा कोरोना पुष्टि भएकोमा ३ करोड ३३ लाख ९ हजार ७०० जना निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ३१ हजार १७२ जना कोरोना संक्रमित मानिस थपिएका छन् । अहिले विश्वभर एक करोड १५ लाख १८ हजार १०३ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ८३ हजार ५७३ जनाको अवस्था जटिल छ भने बाँकीको अवस्था सामान्य छ । ११ लाख ९५ हजार ६१६ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ९३ लाख १८ हजार ६५३ जनामा कोरोना पुष्टि भएकोमा ६० लाख २५ हजार २९९ जना निको भएका छन् । २ लाख ३५ हजार १८२ जनाको भने ज्यान गएको छ । यस्तै ८१ लाख ३७ हजार ११९ जना सङ्क्रमित रहेका भारतमा ७४ लाख ३१ हजार ८२९ जनाले कोरोना जितेका छन् । १ लाख २१ हजार ६८१ जनाको ज्यान गएको छ ।

यसैगरी ५५ लाख १९ हजार ५२८ जनामा कोरोना पुष्टि भएको ब्राजिलमा ४९ लाख ६६ हजार २६४ जना निको भएका छन् । ब्राजिलमा १ लाख ५९ हजार ५६२ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार

Next Post

पछिल्लो २४ घण्टामा बाँकेका ३७ जनामा कोरोना पुष्टि, जिल्लामा २९३ जना सक्रिय सङ्क्रमित

२०७७ कार्तिक १५, शनिबार १८:२३
बाँके । बाँकेमा कोरोना सङ्क्रमितको संख्या तीन हजार एक सय नाघेको छ । गएको २४ घण्टामा ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या तीन हजार १४७ जना पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा ११७ जनाको पीसीआर परीक्षण भएको हो […]