प्रेस संगठन बाँकेको भर्चुअल बैठकमा १ करोड राशिको विपत कल्याणकारी कोष स्थापनामा विशेष जोड, सन्चार विधेयकप्रति संगठनको घोर आपत्ती

  ।   २०७८ असार १, मंगलवार २३:५०

सम्वाददाता
नेपालगन्ज । प्रेस संगठन बाँकेले केन्द्र, प्रदेश र जिल्लातहका पदाधिकारीहरुको उपस्थितीमा आयोजना गरेको भर्चुअल बैठक आज सम्पन्न भएको छ ।

संगठनका जिल्ला संयोजक धितालका अनुसार नेकपा माओवादी केन्द्र बाँकेका संयोजक आइपी खरेलको प्रमुख आतिथ्यता रहेको बैठकमा १ करोड रुपैयाँ उठाउने लक्ष्य सहितको पत्रकार विपत कल्याण कोष स्थापना, कोभिड–१९ को महामारीका बेला मिडियाको अवस्था, कोरोना संक्रमित पत्रकारको अवस्था र डाटा संकलन, कोरोना संक्रमित भई मृत्यु भएका पत्रकारहरुका परिवारलाई राहत सहयोग, प्रेस संगठन नेपाल केन्द्रिय सचिवालय सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष मौसम रोकाको उपचार, त्यसैगरी जिल्ला संगठनका सदस्य कविन्द्र परियारका बुवाको क्यान्सर रोगको उपचारका लागि सहयोग  र मिडिया विधेयक लगायत प्रस्तावहरुमा ब्यापक छलफल गरी आवश्यक निर्णयहरु गरेको छ ।
छलफलमा चुनावपश्चात संगठनभित्र देखिएका त्रुटी तथा तिक्तताका विषयमा समिक्षा गरी संगठनको हितका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा सबैको एकमुष्ट सहमति आएको थियो । कोरोना महामारीको संक्रमणको जोखिम कायमै रहेकाले जुम प्रविधिबाट गरिएको बैठकमा झण्डै २५ जनाको सहभागिता रहेको थियो । त्यसैगरी विपत कल्याणकारी कोष स्थापना र प्रदेश सरकारले ल्याएको सन्चार विधेयकको सवाललाई बैठकका सहभागीहरुले विशेष प्राथमिकताकासाथ उठान गरेका छन् ।

संगठनमा आवद्ध सदस्यहरुलाई आइपर्ने विपतका बेला कल्याणकारी राहत कोषले ठूलो मद्दत पुग्ने भएकाले संगठनका जिल्ला संयोजक डक्ट प्रसाद धितालले कोष स्थापनाका लागि रु. २५ हजार र  अनुशासन विभागका सदस्य सुशील शर्माले १५ हजार रुपैयाँ नगद उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ भने संगठनका जिल्ला देखि केन्द्रसम्मका सदस्यहरुले इच्छा–क्षमता अनुसार रकम उपलब्ध गराएर छिटै कोषलाई लक्ष्यमा पुर्‍याउने अपेक्षा गरिएको संयोजक धितालले बताउनुभयो ।

बैठकले लुम्बिनी प्रदेश सरकारको ‘सञ्चारमाध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक’ प्रति ध्यानाकर्षण भएको जनाउँदै प्रदेश सरकारको संचार विधेयक प्रति आपत्ति जनाएको छ । बैठकको निर्णयअनुसार एक प्रेस विज्ञप्ती जारी गरी हाल प्रदेश सभामा दर्ता भई छलफलकै चरणमा रहेको विधेयकको आशय सैद्धान्तिक रुपमै त्रुटिपूर्ण रहेको ब्यहोरा उधृत गर्दै संगठनले नेपालको संविधानले स्वीकार गरेको पूर्ण प्रेस स्वतन्त्रता, संघीय कानुन र पत्रकारीताको अन्तराष्ट्रिय मान्यता विपरीत विधेयक आउनु आपत्तिजनक रहेको बताएको हो । त्यसैगरी संगठनका जिल्ला संयोजक डक्ट धिताल तथा सहसंयोजक राजेश आचार्यद्धारा जारी विज्ञप्तीमा मिडिया र मिडियाकर्मीको बिकास तथा प्रवर्द्धन गर्न कानुन तर्जुमा गर्नुपर्नेमा विधेयकको प्रस्तावना नै मिडियाको नियमनमा मात्र केन्द्रित रहनु आपत्ति जनक रहेको उल्लेख गरिएको छ ।

जिल्ला संयोजक डक्ट प्रसाद धितालको संयोजकत्वमा भएको बैठकमा संगठनका केन्द्रिय सदस्य प्रदिप वाग्ले, अनुशासन बिभागका सदस्य शुशिल लामीछाने, प्रेस संगठन लुम्बिनी प्रदेश संयोजक मानसिंह बिक, केन्द्रिय लेखा समिति सदस्य सिराज खान, प्रदेश सदस्य शिब सुनार, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका नेता नरेन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्र बाँकेका अध्यन आइपी खरेल र संगठनका जिल्ला समितिका पदाधिकारीहरुको  भर्चुअल जुम मिटिङमा सहभागिता रहेको थियो ।

Next Post

प्रचण्डको ठाडो निर्देशन नेता-कार्यकर्तालाई तत्काल बाढीपीडितको उद्धार-राहतमा लाग

२०७८ असार १, मंगलवार २३:५०
नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टीको नेता कार्यकर्ताहरुलाई तत्काल बाढीपीडितहरुको राहत र उद्धारमा खटिन ठाडो निर्देशन दिनु भएको छ । केही दिन यतादेखि परिरहेको अविरल वर्षाको कारण विभिन्न जिल्लामा गएको बाढी पहिरोबाट पीडितको लागि राहत तथा उद्धार गर्न आ–आफ्नो ठाउँबाट लाग्न निर्देशन गर्नु भएको हो […]

सम्बन्धित समाचार