विश्वमा एकै दिन पाँच लाख २८ हजारमा कोरोना संक्रमण

  ।   २०७८ श्रावण १७, आईतवार ०७:१६


एजेन्सी । विश्वभर एकै दिन पाँच लाख २८ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ५० हजार थपिएका छन्।

यस्तै‚ भारतमा ४१ हजार ७९०, ब्राजिलमा ३७ हजार ५८२, रुसमा २३ हजार ८०७ र फ्रान्समा २३ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ। इन्डोनेशियामा ३७ हजार २८४, बेलायतमा २६ हजार १४४, टर्कीमा २२ हजार ३३२, इरानमा १९ हजार ८४६ र मेक्सिकोमा १९ हजार ३४६ संक्रमित थपिएका छन्।

यसरी नै विश्वमा एकै दिन ८ हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै इन्डोनेशियामा एक हजार ८०० भन्दा धेरैको मृत्यु भएको छ। ब्राजिलमा ९२५, रुसमा ७९२, भारतमा ५४२, अमेरिकामा २३६, कोलम्बियामा २९१ र अर्जेन्टिनामा १३५ संक्रमितको मृत्यु भएको छ।

विश्वभर अहिलेसम्म १९ करोड ८५ लाखभन्दा धेरै संक्रमित भइसकेका छन्। जसमध्ये १७ करोड ९२ लाख ५५ हजार संक्रमणमुक्त भएका छन्। कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार नाघेको छ। सक्रिय संक्रमितको संख्या एक करोड ५० लाख १३ हजार रहेका छन्।

Next Post

काठमाडौंका विभिन्न स्थानमा आज भेरोसेलको पहिलो डोज लगाइँदै

२०७८ श्रावण १७, आईतवार ०७:१६
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रमा आज भेरोसेलको पहिलो डोज खोप दिने दिइने भएको छ। अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रसूति गृह अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज सिनमंगल, निजामती कर्मचारी अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज, […]

सम्बन्धित समाचार