नेपालगन्जका मुस्लिम युवा द्वारा हज यात्रीलाई बिदाई

  ।   २०७९ असार ४, शनिबार २१:५९

   नेपालगन्ज । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक रुपमा बिदाई गरिएको छ । 
मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमका बिच बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी बिदाई गरिएको हो ।

मुस्लिम युवाहरु अधिवक्ता जमालुद्दीन अन्सारी, मानव अधिकारकर्मी आलम खान, साहिद सिद्दिकी, युसुफ अन्सारी, मोहम्मद ज्याउलहक, हज समितिका पुर्व सदस्य मेराज अहमद हिमाल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का निर्वतमान अध्यक्ष मोहम्मद सफिक बेहना, राप्रपाका युवा नेता रबि बर्मा लगायतका युवाहरुले एक कार्यक्रमका बीच हाजीहरुलाई बिदाई गरेको पत्रकार तथा मानवअधिकार कर्मी आलम खानले बताउनु भयो ।

बाँकेबाट हज स‌मितिमा आधा दर्जन भन्दा बढी व्यक्ति सदस्यमा नियुक्त भए पनि बिदाई कार्यक्रममा एक जनाको पनि उपस्थिति नरहेको युवाहरुले जनाएका छन् । हाजी बिदाई  कार्यक्रममा जामा मस्जिदले कुर्सीको व्यवस्थापन गरेको थियो भने नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रसान्त विष्ट, नेपालगञ्ज ५ का वडा अध्यक्ष सराफत खान लगायतका जनप्रतिनिधिहरु इदगाहमा पुगेर हाजीहरुलाई बिदाई गरेका छन् ।

Next Post

पत्रकारको क्षमता विकास गर्न सक्रिय बन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति

२०७९ असार ४, शनिबार २१:५९
संवाददाता, बर्दिया । फोटो र भिडियोमा दक्ष बनाउने उद्देश्यका साथ लुम्बिनी प्रदेशका ५० जना पत्रकारलाई क्षमताको विकासको तालिम दिईएको छ । प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी सहभागीहरु छनोट गरी ४ दिने फोटो तथा भिडियो पत्रकारिता तालिम दिईएको हो । तालिमको प्रशिक्षक विकास कार्की र मनोज पौडेल रहनुभएको थियो […]