८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई सम्मान

  ।   २०७९ फाल्गुन २४, बुधबार १८:४३

संवाददाता, बुटवल ।

ठुलाखर्क सेवा समाज रुपन्देहीले ८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई (आज) बुधबार एक समारोहका बीच सम्मान गरेको छ ।

समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ११ जना जेष्ठ अभिभावकलाई सम्मान गरेको हो । अघाँखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ ठुलाखर्क स्थायी घर भई विभिन्न पेशा व्यवसायको शिलशिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरुमा आइ बसोबास गर्नेहरुले समाज स्थापना गरेका छन ।

सम्मानित हुनेहरुमा नारायण ज्ञवाली, जगन्नाथ ज्ञवाली, विष्णुकमारी ज्ञवाली, पुरुषोत्तम ज्ञवाली, नेत्रकुमारी ज्ञवाली, खुमानन्द ज्ञवाली, काशीनाथ ज्ञवाली, तुलसादेवी ज्ञवाली, द्रुपदादेवी ज्ञवाली, खगेन्द्रराज ज्ञवाली, राधिका ज्ञवाली रहनुभएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथी किशोर ज्ञवाली, समाजका अध्यक्ष टामलाल ज्ञवाली लगायतले दोसल्ला ओढाई प्रमाण–पत्र हस्तान्तरण गर्दै सम्मान गर्नुभएको हो ।

त्यस्तै समाजलाई महत्वपूर्ण सहयोग पु¥याउने सञ्जय ज्ञवाली र रामप्रसाद ज्ञवालीलाई विशेष सम्मान प्रदान गरिएको छ भने शारीरिक रुपले अशक्त सूर्यप्रसाद ज्ञवालीलाई नगद र ह्वील चियर प्रदान गरी सम्मान ब्यक्त गरिएको छ । त्यस अवसरमा बोल्दै समाजका संरक्षक किशोर ज्ञवालीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताउनुभयो । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

समाजका संरक्षक मोहन ज्ञवालीले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उनीहरुमा भएका ज्ञान आदानप्रदान गर्न सके नयाँ पुस्ताले महत्वपूर्ण कुराहरु सिक्ने बताउनुभयो ।

समाजका अध्यक्ष टामलाल ज्ञवालीले वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने भन्दै उनीहरुको मार्गदर्शनबाट समाज अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा समाजका सल्लाहकार हेमनाथ ज्ञवाली, सचिव किशोर ज्ञवाली, सहसचिव शोभा ज्ञवाली लगायतले आफनो धारणा राख्नुभएको थियो ।

समाजले विभिन्न समयमा सामाजिक र रचनात्मक कार्यहरु गर्दै आएको छ । कार्यक्रमका अवसरमा समाजले प्रकाशित गरेको २०८० सालको भित्तेपात्रो समेत विमोचन गरिएको छ ।

 

Next Post

नेपालको तेस्रो नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२०७९ फाल्गुन २४, बुधबार १८:४३
संवाददाता  । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत उहाँले पाउनुभएको हो । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा […]