ग्यास सिलिण्डरको आयु कति ?

  ।   २०७९ फाल्गुन ४, बिहीबार १५:५०

संवाददाता ।

बुधबार राति घरमा आगलागी हुँदा नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते हुनुभयो । आमा हरिकलाको त उपचारका क्रममा मृत्यु भयो भने भण्डारीको उपचार चलिरहेको छ ।

ग्यास लिकेज भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यकिन छैन । बुधबार राति घरमा ठूलो आवाजको विस्फोट सुनिए पनि ग्यास सिलिण्डर भने पड्केको नदेखिएको प्रहरीले बताएको छ ।

काठमाडौं महानगरपालिकामा अग्नि नियन्त्रकको काम गरिसक्नुभएका किशोर कुमार भट्टराई पनि ग्याँस सिलिण्डर विस्फोटको घटना दुर्लभ हुने बताउँनुहुन्छ । भट्टराई भन्नुहुन्छ, ‘ग्यास लिक भएर अगालागी भएर विस्फोट हुने सम्भावना हुन्छ ।

तर, सिलिण्डर आफै विस्फोट हुने सम्भावना निकै कम हुन्छ ।’ तर, आयु समाप्त भएका, कुच्चिएका ग्यास सिलिण्डर विस्फोट हुने खतरा हुने भट्टराई बताउनुहुन्छ । ग्यास बिक्रेता र ढुवानीकर्ताले सुरक्षा नगर्दा सिलिण्डर कुच्चिने गरेको उहाँको भनाइ छ ।

एउटा ग्यास सिलिण्डरको आयु १० वर्ष हुन्छ । १० वर्षपछि सिलिण्डरको ‘हाइड्रो स्टाटिक्स’ जाँच हुन्छ । यो भनेको सिलिण्डरमा ग्यासको दबाव भन्दा बढी पानी राखेर जाँच गरिन्छ ।

‘यो जाँचमा पास भएपछि सिलिण्डर फेरि पाँच वर्ष प्रयोग गर्न मिल्छ’ उहाँले भन्नुभयोे । हरेक सिलिण्डरमा अंग्रेजी महिना र वर्ष अनुसार सिलिण्डरको आयु समाप्त हुने मिति लेखिएको हुन्छ । सिलिडरको माथितर्फ रहेको समाउने भागमा सिलिण्डरको आयु लेखिएको हुन्छ ।

भण्डारी भन्नुहुन्छ, ‘जस्तै ए (A) २६ लेखिएको सिलिण्डरको म्याद सन् २०२६ को जनवरी, फेब्रुअरी र मार्चसम्म मात्रै हो ।’ यस्तै बी B अप्रिल, मे, जुन, सी C जुलाई, अगष्ट, डी D ‘अक्टोबर, नोभेम्बर, डिसम्बेर भन्ने बुझ्नु पर्छ । अंग्रेजी अक्षरसंगै लेखिएको अंकले सिलिण्डरको आयु समाप्त हुने वर्ष जनाउँछ । जस्तै : डि २४ लेखिएको सिलिण्डरको सन् २०२४ को अक्टोबर, नोभेम्बर, डिसेम्बर पछि आयु सकिन्छ ।

ग्यास सकिएपछि घोप्टो पार्ने, ढल्काएर बाल्ने गर्दा पनि सिलिण्डर विस्फोट हुने खतरा हुने बताउँनुहुन्छ भट्टराई । ‘सिलिण्डरमा ८५ प्रतिशत लिक्विड र १५ प्रतिशत ग्याँस हुन्छ । सिलिण्डर घोप्टो र ढल्काएर बाल्ने गर्दा सिलिण्डरको मुखमा लिक्विड जम्मा हुन्छ,’ भट्टराई भन्नुहुन्छ, ‘अनि ग्याँसको बाटो छेकिन्छ । यस्तोमा अगलागी हुने र विस्फोट हुने खतरा हुन्छ ।’

अनलाइन खबरबाट

Next Post

नेपालगंज न्युरोडबाट नक्कली नोटको कारोबारी पक्राउ

२०७९ फाल्गुन ४, बिहीबार १५:५०
संवाददाता, नेपालगंज । नेपाली रुपैयाँको (नक्कली नोट) सहित ३ जना पक्राउ परेका छन । बुधबार साँझ साढे ५ बजेतिर बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ न्युरोडमा नक्कली नोटको कारोबार भईरहेको अवस्थामा १ हजार रुपैंयाँ दरका नक्कली नोट ५ लाख ६९ हजार रुपैयाँ सहित तीन जना ब्यक्ति पक्राउ परेका हुन । […]

सम्बन्धित शीर्षक