कक्षा १२ को परीक्षा स्थगित

  ।   २०७८ श्रावण २३, शनिबार १६:०३

काठमाण्डौ । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा हुने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उज्यालोलाई जानकारी दिनुभयो । परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताउनुभयो । परीक्षा स्थगित हुने र नहुने हल्लाका कारण विद्यार्थी अन्योलमा रहेकोमा अब विद्यार्थीको अन्योल हटेको छ ।

Next Post

एकै वर्ष १ अर्ब ६५ करोड रुपैयाँको डाइपर आयात

२०७८ श्रावण २३, शनिबार १६:०३
काठमाण्डौ । गएको आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा विभिन्न १५ देशबाट १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड रुपैयाँ मूल्य […]

सम्बन्धित समाचार