सरकारले निजी बिद्यालयलाई उचित मुल्याङ्कन नगरेको आरोप

  ।   २०८० भाद्र २३, शनिबार २१:०७

सबिता चन्द 

नेपालगन्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँके जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । सनिवार जानकी गाउपालिका स्थित नमस्ते रिसोर्टमा भएको सो ९औं अधिवेशनको उद्घाटन सत्र पछि बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष श्याम कुवरले बताउनु भयो ।

सामुदायिक जस्तै निजि विद्यालयहरु पनि गुणस्तरीय शिक्षाका लागि अब्बल रहेको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले बताउनु भएको छ । राज्यले सरकारी बिद्यालयलाई काखा र निजि बिद्यालयलाई पाखा गर्न नहुने वक्ताहरुको धारणा छ । नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको सो उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको व्यवहार नितान्त बिभेदकारी भएको बताउनु भएको छ । उहाँले  गुणत्मक शिक्षाको लागि ठूलो धनराशी बहिरिएको बताउदै फेरी पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको आरोप समेत लगाउनुभयो । सो अवसरमा केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डाँगीले राज्यले आफ्नो सम्पत्ति माथि आँखा लगाएको आरोप लगाउनुभयो । कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम संचालन एन प्याब्सनका चिरन चन्दले गर्नुभएको थियो । उद्घाटन सत्रको समापन गर्दे जिल्ला अध्यक्ष श्याम कुवरले गुणस्तरीय शिक्षाका लागि आफूहरुले थालेको प्रयासलाई आगामी दिनहरुमा पनि ससक्त बनाउनुपर्ने जोड दिनु भएको थियो ।

Next Post

नेशनल प्याब्सन बाँकेको अध्यक्षमा मल्ल चयन

२०८० भाद्र २३, शनिबार २१:०७
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँके जिल्ला समितिको अध्यक्षमा किशोर राज मल्ल चयन हुनुभएको छ । सनिवार आयोजित ९औँ जिल्ला अधिवेशनबाट नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोर राज मल्ल चयन हुनु भएको हो । एन प्याब्सनका नवनिर्वाचित अध्यक्ष मल्लका अनुसार प्रथम उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा गोविन्द बहादुर रावत, […]

सम्बन्धित शीर्षक