नेशनल प्याब्सन बाँकेको अध्यक्षमा मल्ल चयन

  ।   २०८० भाद्र २४, आईतवार ०७:५२

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँके जिल्ला समितिको अध्यक्षमा किशोर राज मल्ल चयन हुनुभएको छ । सनिवार आयोजित ९औँ जिल्ला अधिवेशनबाट नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोर राज मल्ल चयन हुनु भएको हो ।

एन प्याब्सनका नवनिर्वाचित अध्यक्ष मल्लका अनुसार प्रथम उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा गोविन्द बहादुर रावत, सचिवमा वेग प्रकाश चन्द, कोषाअध्यमा लोक बहादुर डाँगी, सह-सचिवमा प्रकाश मल्ल र सह-कोषाध्यक्ष धन बहादुर वली चयन हुनुभएको छ ।

सदस्यहरुमा अखिलेस गुप्ता, धन बहादुर खड्का, विर बहादुर सुनार, नरेन्द्र ददेल, धन बहादुर शाही, नारायण पंगेनी, मनोज कुमार बर्मा, पूर्ण बहादुर थारु, रमेश कुमार यादव चयन भएको अध्यक्ष मल्लले जनाउनु भयो ।

Next Post

सात दिने कचहरी नाटक सम्पन्न

२०८० भाद्र २४, आईतवार ०७:५२
नेपालगन्ज । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ३० जना युवाहरुको सहभागितामा सञ्चालीत ७ दिने कचहरी नाटक तालिम शनिबार सम्पन्न भएको छ । युनीसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत भाद्र १७ गते देखि उक्त तालिम नेपालगन्जमा सञ्चालीत थियो […]

सम्बन्धित समाचार