बाढी सम्बन्धि परियोजनाको प्लान नेपालद्धारा अनुगमन

  ।   २०८१ भाद्र ६, बिहीबार १५:४४

नेपालगन्ज । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।

युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको गुलरियामा सञ्चालन गरिएको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ को सो टोलीले अनुगमन गरेको हो । गुलरिया नगरपालिकाको वडा नम्बर १२ को तडुवा र वडा नम्बर ५ को बालापुर पुगेर सो उच्चस्तरीय टोलीले अनुगमन गर्नुका साथै स्थानीय समुदायसंग छलफल र अन्तरक्रिया समेत गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।उक्त टोलीले वडा नम्बर १२ र ५ मा रहेका सुरक्षित आश्रयस्थलको मर्मत सम्भारको निरिक्षण गर्नुका साथै व्यवस्थापन समितिसंग पनि छलफल र अन्तरक्रिया गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष तुलाधरका अनुसार सुरक्षित आश्रयस्थलमा बिजुली, पानीको सुविधा र सिलिङ् फ्यान नभएकाले डुबानमा परेका जनताको सुविधाकालागि त्यहाँ ह्यान्डपम्प, बिजुली र सिलिङ् फ्यान जडान गर्ने काम भइरहेको छ । सो अवसरमा प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनले सुरक्षित आश्रयस्थलमा बाढी र डुबान प्रभावितलाई आवश्यक पर्ने खानेपानी, पंखा, बिद्युत जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।उक्त अवसरमा वडा नम्बर १२ का वडा अध्यक्ष राम कुमार थारु र वडा सदस्यहरुले सुरक्षित आश्रयस्थल अवस्था र प्रभावितले भोग्नु पर्ने समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।

अनुगमन टोलीमा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको पनि सहभागिता रहेको थियो भने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, सदस्यहरु मिना भुषाल र फिरदौस जहाँ, निमित्त कार्यकारी निर्देशक महेश नेपाली, परियोजना संयोजक विनिता आरसी र गोविन्द लामिछाने, टेक्निकल एडभाइजर साजिद अलि सिद्दिकी, अनुगमन तथा मूल्यांकन अधिकृत उमेश बस्नेत र फिल्ड सुपरभाइजर गोविन्दि विक लगायतको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।अनुगमन टोलीले गुलरिया–५, बालापुरमा बाढीको जोखिमबाट बच्न छिट्टै सुरु हुने सिँचाइ नहर र भग्नावशेष सरसफाइको कामसँगै सुरक्षित आश्रयस्थलको पनि अवलोकन गरेको थियो ।

‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ बाँके र बर्दियाका ६ वटा पालिकामा सञ्चालन गरिएको क्लबले जनाएको छ । क्लबका अनुसार उक्त परियोजना बाँकेको राप्तीसोनारी, नरैनापुर र डुुडुवा गाउँपालिकामा तथा बर्दियाको गुलरिया र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकमा सञ्चालन गरिएको छ ।

परियोजना अन्तर्गत पालिकामा रहेका सेफआउस ( सुरक्षित आश्रयस्थल ) हरुको मर्मत सम्भारसहित विभिन्न आवश्यकता पुरा गर्ने, नाला र सडकमा पानी जाम हुन नदिन सरसफाई गर्ने, डोर टु डोर स्वयंसेवक परिचालन गरेर बाढी र डुबानबाट जोगिने उपायबारे सचेतना फैलाउने लगायतका कामहरु गरिंदैछ ।

बिभिन्न प्रकारका सचेतना फैलाउन पोस्टर पम्फलेटको प्रयोगका साथै थारु, अवधी र नेपाली भाषामा बिभिन्न स्थानीय एफएम रेडियोमा जिंगल पनि बजाइने बाँके युनेस्को क्लबले जनाएको छ ।

Next Post

तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

२०८१ भाद्र ६, बिहीबार १५:४४
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दुःख व्यक्त गर्दै भन्नुभएको छ– ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले […]