अफगानिस्तानमा कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक : राष्ट्रसङ्घ

  ।   २०७८ असार २९, मंगलवार ०६:५९

काठमाण्डौ । द्वन्द्वग्रस्त अफगानिस्तानमा कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।

मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसलगायतका सङ्क्रामक रोग तथा विभिन्न प्रकोपका कारण पनि मानवीय सहायताको आवश्यकता बढेको अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविशेष प्रतिनिधि रामिज अल्काब्रोभले बताउनुभएको एएनआईले जनाएको छ।

पछिल्लो पटक आक्रमणका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको उहाँको भनाइ छ । मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि आह्वान समेत गरिएको छ ।

Next Post

युवा संघले युथ फोर्स ब्यूँतायो

२०७८ असार २९, मंगलवार ०६:५९
संवाददाता । नेकपा एमाले सम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक […]