आज बस्दै नेकपाको सचिवालय बैठक

  ।   २०७७ भाद्र १, सोमबार ०८:४२

नेपालगन्ज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नै नराखेर विवाद समाधानका लागि भन्दै कार्यदल बनाएकोमा असन्तुष्टि सुरु भएको छ ।

६ सदस्यीय कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।

गएको साउन ३ गतेदेखि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले प्रस्ताव गर्नुभएको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावमा सहमति जनाउनु भए पनि बैठकपछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको बताउनुभएको थियो । बैठक बिहान साढे ९ बजे बालुवाटारमा बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Next Post

जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा

२०७७ भाद्र १, सोमबार ०८:४२
जुम्ला । जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै निषेधाज्ञा जारी गरिएको ठाउँमा […]