कर्णाली प्रति पुर्वाग्रही प्रधानमन्त्री : कर्णाली प्रदेश इन्चार्ज शर्मा

  ।   २०७७ माघ ८, बिहीबार २१:११

सुर्खेत । सुर्खेतको जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा (प्रभाकर) ले प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रति पुर्वाग्रही भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक निर्णले उहाँको चरीत्रको पर्दा उघारिएको अधिकांश बक्ताहरुले ठोकुवा गर्नुभएको थियो ।

‘यो पद प्रतिष्ठाको होइन लडाइँ होइन,’ शर्माले भन्नुभयो, ‘नागरिकले संविधानले दिएको अधिकार उपभोग गर्न पाउनु पर्छ ।’ खान नपाउनेले खान पाउनु पर्छ र बेरोजगारले रोजगार पाउनु पर्छ भन्ने भनाइ उहाँको थियो । साथै उहाले कर्णालीलाई प्रधानमन्त्रीले सम्बोधन गर्न नसकेको बताउनु भयो । आफू निकट समूहको प्रदेश इन्चार्जको जिम्मेवारी कर्णालीका नेतालाई विश्वास नगरि कर्णाली बाहिरकालाई इन्चार्ज तोकेको भन्दै उहाले विकास निर्माणदेखि सेवासुविधाबाट प्रधानमन्त्रीले कर्णालीवासीलाई वञ्चित गएको बताउनु भयो ।

नेपालको पानी जनताको लगानी भन्ने नाराका साथ उज्यालो नेपालको भविष्य कोर्न सफल नेता शर्माले देश विकासको सट्टा देशलाई अनिर्णयको बन्दी बनाउन तल्लीन काम चलाउ सरकारका प्रधानमन्त्रीको रवैयाको आलोचना गर्नु भयो । हजारौको जनसभलाइ बिहिवार सुर्खेतमा नेकपाका अध्यक्ष देखि नेताहरू सम्मले सम्बोधन गर्नु भएको छ ।

Next Post

मध्यपश्चिमाञ्चल विश्वविधालयका उपकुलपतिद्धारा क्याम्पस प्रमुखहरुमाथी दुरब्यावहार

२०७७ माघ ८, बिहीबार २१:११
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविधालयका सात जना क्याम्पस प्रमुखहरुले दुरब्यावहार गरेको आरोपमा उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह समक्ष सामुहिक राजिनामा पेश गरेका छन्  । सामुहिक राजिनामा पत्रमा ७ जना क्याम्पस प्रमुखहरूले संयुक्त हस्ताक्षर गरेका हुन् । विश्वविधालयमा विधार्थीहरु आन्दोलनरत रहेको बेला आन्दोलन नदबाएको आरोपमा भफेक सिंहले क्याम्पस प्रमुखहरुलाई उतारेका जानकारहरु बताउँछन् […]

सम्बन्धित समाचार