मध्यपश्चिमाञ्चल विश्वविधालयका उपकुलपतिद्धारा क्याम्पस प्रमुखहरुमाथी दुरब्यावहार

सातजना क्याम्पस प्रमुखको राजीनामा

  ।   २०७७ माघ ८, बिहीबार २२:०३

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविधालयका सात जना क्याम्पस प्रमुखहरुले दुरब्यावहार गरेको आरोपमा उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह समक्ष सामुहिक राजिनामा पेश गरेका छन्  । सामुहिक राजिनामा पत्रमा ७ जना क्याम्पस प्रमुखहरूले संयुक्त हस्ताक्षर गरेका हुन् ।

विश्वविधालयमा विधार्थीहरु आन्दोलनरत रहेको बेला आन्दोलन नदबाएको आरोपमा भफेक सिंहले क्याम्पस प्रमुखहरुलाई उतारेका जानकारहरु बताउँछन् ।

´विश्वविधालयका उपकुलपतिले क्याम्पस प्रमुख र विद्यालयका डाइरेक्टरहरुलाई आफ्नो कार्यकक्षमा बोलाइ अभद्र ब्यबहार तथा गालीगलौज गर्नु भएको छ` एकजना प्रत्यक्षदर्शीले बताले आफू पहाडि रैथाने भएको भन्दै केहि मधेसका पदाधिकारीहरुलाइ मधेसि भनेर हेपेको समेत आरोप लगाइएको छ । एउटा प्राङ्गिक थलोमा शिक्षाविद्का यस्ता हर्कतले क्याम्पस चलाउन नसकिने भन्दै सामुहिक राजिनामा पत्र उपकुलपति सामु बुझाउनु परेको प्रमुखहरू बताउ छन् ।

विगत १३ दिन देखि मध्यपश्चिम विश्वविद्यालयमा विधार्थीहरुले रिटेक परिक्षाको माग गर्दै सम्पुर्ण क्याम्पसहरुमा तालाबन्दि गरेका छन् । त्यस्तै तालाको विषयलाई लिएर उप-कुलपतिले विधार्थीका मागलाइ ब्याबस्थापन गर्ने भन्दा उल्टै ताला किन नफेरेको भन्दै गालि गौलजको भाषा प्रयोग गरेपछि संयुक्त राजीनामा माग गरिएको क्याम्पस प्रमुखहरू ठोकुवा गर्छन् । उपकुलपतिको अहमताले शिक्षा क्षेत्र बाटै गलत सन्देश गएको क्याम्पस प्रमुखहरुको बुझाइ रहेछ ।

Next Post

बर्दिया अस्पतालको गुणस्तर सुधारन्मुख

२०७७ माघ ८, बिहीबार २२:०३
प्रेम विश्वकर्मा, गुलरिया। बर्दिया अस्पतालको विकास सुदृधिकरण कार्यक्रम अन्र्तगत न्युनतम सेवा मापदण्ड (एमएसएस) मा यसपटक ७३ प्रतिशत अर्थत ६७६ अंक प्राप्त गर्न सफल भएको छ । कुल ९३९ स्कोरमा यतिसम्म प्राप्त गर्नुलाई उपलब्धीपुर्ण मानिएको छ । यसअघि छठौं पटकको फ्लोअफ अवस्था भने ६२ प्रतिशत थियो । आज गुलरियामा एक कार्यक्रमका […]