सत्ता समिकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

  ।   २०७७ चैत्र २, सोमबार ०८:५३
सत्ता समिकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

काठमाडौं । नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को त्रिपक्षिय बैठक आज बस्दैछ ।

यी तीन दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षिय बैठक बस्न लागेको हो ।

आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने कांग्रेस नेताहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्र सरकारमा जानुहुन्न भन्ने मत मत्थर भइसकेको छ भने संस्थापन इतर समूहले नेतृत्वका लागि अगाडि बढ्न सभापति शेरबहादुर देउवालाई सहमति दिइसकेको छ ।

सरकारको नेतृत्वको विषयमा कांग्रेस एकमत देखिएको र अंक गणितका हिसाबले पनि ठूलो रहेकाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना बलियो रहेको देउवानिकट नेताहरुको बुझाई छ ।

माओवादी केन्द्रले पनि जुनसुकै शर्तमा प्रधानमन्त्री केपी ओलीलाई हाटाउने बताउँदै आएको छ । जसपाले पनि नयाँ सरकारबारे एकमत बनाईसकेको छ ।

आफ्ना मुद्दा पूरा गर्नेलाई प्रधानमन्त्रीमा सघाउने सार्वजनिक अभिव्यक्ति दिदै आएको जसपाको भित्री स्वार्थ भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने देखिएको छ । – ImageKhabar

Next Post

कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्य अनलाइन पत्रकार संघ गठन

२०७७ चैत्र २, सोमबार ०८:५३
संवाददाता, नेपालगंज। बाँकेमा अनलाइन पत्रकार संघ गठन गरिएको छ । नेपालगंजमा आज भएको भेलाले इसेतोखरी डटकमका अध्यक्ष प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्य तदर्थ समिति चयन गरेको हो । संघको सह–संयोजक जावेद अन्सारी, सचिव रामु ओली, सह–सचिव संगीता पाठक (सन्ध्या), कोषाध्यक्ष आलम खान रहनुभएको छ । यसैगरी सदस्यहरुमा सुनिता पन्त, […]