कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्य अनलाइन पत्रकार संघ गठन

  ।   २०७७ चैत्र २, सोमबार १७:०८

संवाददाता, नेपालगंज।
बाँकेमा अनलाइन पत्रकार संघ गठन गरिएको छ । नेपालगंजमा आज भएको भेलाले इसेतोखरी डटकमका अध्यक्ष प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्य तदर्थ समिति चयन गरेको हो ।

संघको सह–संयोजक जावेद अन्सारी, सचिव रामु ओली, सह–सचिव संगीता पाठक (सन्ध्या), कोषाध्यक्ष आलम खान रहनुभएको छ । यसैगरी सदस्यहरुमा सुनिता पन्त, प्रेरणा गिरी, भीष्मा लोध र दिक्षा बिसी रहनुभएको छ ।

तदर्थ समिति गठन सगैं पहिलो बैठक बसेर दर्ता, नविकरण नभएका अनलाइनलाई दर्ता प्रक्रियामा जान सहयोग गर्ने, प्रत्येक महिनाको १५ गते मासिक बैठक बस्ने र अनलाइन पत्रकार संघलाई आधिकारिक रुपमा दर्ताको लागी आवाश्यक प्रक्रिया अगाडी बढाउने निर्णाय गरिएको छ ।

आगामी बैठकले संघको सल्लाहकार समितिमा रुद्र सुबेदी, प्रेम केसी, शंकर प्रसाद खनाल, विश्वराज पछलङ्गया, डक्ट धिताललाई मनोनित गर्ने गरी कुराकानी अघि बढाउने निर्णाय पनि गरेको उल्लेख छ ।

Next Post

भारत र इङ्ग्ल्याण्डबीचको टी-२० का बाँकी खेल बन्द र‌ङ्गशालामा हुने

२०७७ चैत्र २, सोमबार १७:०८
काठमाण्डाै |  भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो । यसअघि भएका दुई वटा टी-२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल […]