भारत र इङ्ग्ल्याण्डबीचको टी-२० का बाँकी खेल बन्द र‌ङ्गशालामा हुने

  ।   २०७७ चैत्र ३, मंगलवार ०७:१०
unn.prixa.net

काठमाण्डाै |  भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् ।

गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो ।

यसअघि भएका दुई वटा टी-२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल हेर्नका लागि यसअघि खरिद भएका टिकटको रकम फिर्ता गर्ने गुजरात क्रिकेट सङ्घले जनाएको छ।

गुजरात क्रिकेट सङ्घले बीसीसीआईसँगको छलफलपछि खेल बन्द रङ्गशालामा गर्ने र टिकटको रकम फिर्ता गर्ने निर्णय गरेको हो । भारत र इङ्ग्ल्याण्डबीच आज एउटा खेल हुनेछ भने बाँकी दुई खेल बिहीवार र शनिवार अहमदाबादमा हुनेछ ।

पाँच खेलको टी-२० श्रृङ्खलामा एक/एकको बराबरीमा छ ।

Next Post

एस्ट्राजेनेकाको खोप नरोक्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

२०७७ चैत्र ३, मंगलवार ०७:१०
काठमाण्डाै | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न फेरि आह्वान गरेको छ । एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको भन्दै युरोपका विभिन्न देशले खोप लगाउने काम रोक्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले खोप र रगत जम्ने समस्याबीच सम्बन्ध नरहेको भन्दै खोप कार्यक्रमलाई निरन्तरता दिन भनेको […]