संवाददाता, नेपालगंज ।
नेपालमा अति दुर्लभ मानिने गिद्ध (Vulture) प्रजातिको पंक्षिलाई उद्धार गरिएको छ । गिद्ध आज जिल्ला प्रहरी कार्यालय बाँकेको पेरिमिटर भित्र रहेको पोखरी नजिकै घाईते अवस्थामा फेला परेको थियो ।
उड्न नसक्ने अवस्थामा रहेको गिद्धलाई उद्धार गरी डिभिजन वन कार्यालय नेपालगंज बाँकेलाई हस्तान्तरण गरीएको गरिएको प्रहरीले जनाएको छ ।
धार्मिक र सांस्कृतिक आस्थासँग जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजने गरिन्छ ।
विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइने जिल्ला प्रहरी कार्यालय बाँके द्धारा जारी सार्वजनिक सूचनामा जनाईएको छ ।