भेरी अस्पतालमा स्वागत अनि बिदाई

  ।   २०८० माघ २३, मंगलवार १६:४५

नेपालगन्ज । भेरी अस्पताल समिति सदस्य र नायब सुब्बालाई स्वागत गरिएको छ भने प्रशासन अधिकृतलाई बिदाई गरिएको छ । अस्पताल बिकास समिति सदस्य डा. डक्ट प्रसाद धिता, किरण आचार्य, समिर गुरुङ, नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो ।

लामो समयदेखि रिक्त रहेको भेरी अस्पताल बिकास समितिले पुर्णता पाएसँगै स्वागत गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवन जंग रायमाझीले जानकारी दिनु भयो । स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त बिकास समिति सदस्य डा. धितालले अस्पतालको बिकासमा डाक्टर र बिकास समिति नङ र मासुको जस्तो सम्बन्ध भएर जानुपर्ने बताउनु भयो । रिफरल अस्पतालका रुपमा परिचीत भेरीको बिकासमा सबै मिलेर जानुको विकल्प नरहेको बताउनु भयो । बिकास समिति सदस्य किरण आचार्यले आफ्नो शिक्षा क्षेत्रमा भएको अनुभव सुनाउनु भयो । सदस्य आचार्यले लामो समयदेखि जनताको सेवा गर्दै आएको यस अस्पतालको बिकास लाग्नुपर्ने बाताउनु भयो । त्यस्तै मेसु रायमाझीले नवनियुक्त सदस्यहारुलाई स्वागत गर्नु भयो । अस्पतालको बारेमा बताउदै मेसु रायमाझीले अस्पतालको उन्नतिमा लाग्न आग्रह गार्नुभयो । सदस्य समीर गुरुङ, अधिकृत योगी, बिष्ट लगायतले आ-आफ्ना धारणा राख्नु भयो ।

अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रमको स्वागत मन्तव्य इश्वरी केसीले गर्नु भाएको थियो भने कार्यक्रम संचालन भेरी अस्पताल कर्मचारी आशा लम्सालले गर्नुभएको थियो ।

Next Post

जीवनस्तर सुधार्दै मानव अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

२०८० माघ २३, मंगलवार १६:४५
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लागनी अभिवृद्धि गरी जनाताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको बताउनुभयो । सुशासन, पारदर्शीता, […]