टाउकोमा बन्दुकका छर्रा ताजै छन्, बाँकेमा माओवादीको अवस्था यथा स्थितिमा रहदैन: संयोजक जेम्स

  ।   २०८० श्रावण २३, मंगलवार २०:२४


सबिता चन्द
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेलाई हेर्नलायक पार्टी बनाउछु, पार्टी अब यथास्थितिमा रहदैन, छलाङ मार्छ भन्दै बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) ले एक कार्यक्रका बीच बताउनु भयो । बाँके अबस्थित प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला समिति र पालिका पदाधिकारीकारीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष जेम्सले मंगलबार नेपालगन्जको ग्यालेक्सी दरबारमा सो कुरा बताउनु भएको हो ।

माओवादी केन्द्रको केन्द्रीय बैठकले गरेको रुपान्तरणको  अभियानले बाँकेमा पार्टीको रक्तसञ्चार हुने अध्यक्ष जेम्सको जिकिर थियो । अध्यक्ष जेम्सले भन्नुभयो, ´अब जिल्लामा कुनै पनि गुट उपगुट छैन । जिल्ला पार्टीले सबै भ्रम चिरेको छ ।` उहाले थप्नु भयो,´ अग्रजको सल्लाह अनुसार सबै जनवर्गीय संगठनलाई सहि तरिकाले चलाउन यस्तै बैठक गरेर काम अगाडि बढाउने ठोस निस्कर्षमा पुगेको छु । त्यसै क्रममा आज तपाईहरुसँग बसेको हुँ ।` माओवादी केन्द्रले सुरु गर्न लागेको तीन महिने अभियानलाई पार्टी बलियो बनाउने अभियानका रुपमा प्रयोग गरेर जिल्लाका सबै पालिका पार्टीलाई बलियो र जनताका काम गर्न परिचालन गरिने संयोजक जेम्सले बताउनु भयो ।

प्रेस सेन्टर बाँके जिल्ला समितिले आयोजना गरेको सो कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिव सिराज खान, केन्द्रीय सदस्य शिव सुनार, डाक्टर डक्टप्रसाद धिताल, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, सचिव आलम खान, जिल्ला सचिब केपी घिमिरे लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो । पार्टी र संगठन बीचको सम्बन्ध हिजोको जस्तो हुनुभएन भन्ने भनाई अधिकांश बक्ताहरुको थियो । कार्यक्रमको समापन अध्यक्ष राजेश आचार्य गर्नुभयो ।

Next Post

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

२०८० श्रावण २३, मंगलवार २०:२४
काठमाडौं, साउन २४ गते । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ […]

सम्बन्धित शीर्षक