डोनाल्ड ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा : ४३ राज्यको नतिजामा बाइडेन अगाडि

  ।   २०७७ कार्तिक २०, बिहीबार ०६:४५

एजेन्सी । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पचासमध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि हुनुहुन्छ । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कुल ५ सय ३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २ सय ४३ र ट्रम्पले २१४ सिट प्राप्त गर्नुभएको छ ।

जितका लागि २ सय ७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पार्नुभएको छ । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि हुनुहुन्छ ।

जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि हुनुहुन्छ । अलास्कामा पनि ट्रम्प नै अगाडि रहनुभएको छ । अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ ।

पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउनेछ ।

Next Post

विवाद हल गर्न आज बैठक बस्दै कांग्रेस शीर्ष नेता

२०७७ कार्तिक २०, बिहीबार ०६:४५
काठमाडौं । पार्टीभित्र देखिएको विवाद हल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू आज बैठक बस्दैछन्। पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उहाँ पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ। कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल […]

सम्बन्धित समाचार