बाँकेमा कोरोना सङ्क्रमणबाट मुक्त हुने साढे तीन हजार नाघे

  ।   २०७७ मंसिर ८, सोमबार २१:३९


बाँके । जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या साढे तीन हजार नाघेको छ । गएको २४ घण्टामा २६ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या तीन हजार पाँच सय ३० पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै बाँके जिल्लामा सङ्क्रमितको कुल सङ्ख्या तीन हजार सात सय ४७ पुगेको छ ।

सोमबार बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७९ छ । हालसम्म बाँके जिल्लाको आईसोलेसनमा १७९ जना र होम आईसोलेसनमा १३८ जना रहेका छन् ।

यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.२१ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.६२ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै

२०७७ मंसिर ८, सोमबार २१:३९
काठमाण्डौ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ […]