प्रेम विश्वकर्मा, नेपालगंज ।
बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ वडा कार्यालय (महेन्द्रनगर) छेउमा सुविधा सम्पन्न सिटी हल निर्माणको कार्यले गति लिएको छ । ८ सय जना ब्यक्ति अटन सक्ने क्षमताको यो सिटी हल २०७८ साउन २५ भित्र तयार गरी सक्ने लक्ष्य छ ।
संघीय सरकारको ३२ करोड ४ लाख ६३ हजार (भ्याट बाहेक) बजेटमा २६ करोड ८४ लाख ४४ हजारको लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी लामा कन्ट्रसन कम्पनी प्रा.ली. काठमाडौंले ठेक्का लिएको छ ।
शहरी विकास तथा संघिय आयोजना कार्यन्वयन इकाई नेपालगंजका इन्जिनियर (सूचना अधिकारी) होमनाथ भुषालले हाल सम्म सिटी हल निर्माणको भौतिक प्रगति ५५ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार ठेक्का सम्झौता २०७५ माघ २५ गते भएको हो । नेपालगंजमा निकै चर्चा भइरहने बिषय सिटी हल निर्माण कार्य बजारको कोलहाल ठाउँभन्दा निकै टाढा एकान्तमा बनाईएको छ ।
सिटी हल निर्माण पछि ठुला खाले सभा, कार्यक्रम आयोजना गर्दा यसले सहज हुनेछ । होटलहरु चार्हानुपर्र्ने बाध्यता हटने छ । सिटी हल निर्माणका लागी नेपालगंज उपमहानगरपालिकाले सरकारी जग्गा उपलब्ध गराएको छ ।





