टियर रिलिफले बनायो लक्षित बर्गलाई खुशी

  ।   २०७८ चैत्र ११, शुक्रबार १९:१४

   नेपालगन्ज । शैक्षिक सामग्री पाएपछि लक्षित बर्ग खुशी भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का लक्षित बर्गलाइ टियर रिलिफ नेपालले सो सामग्री वितरण गरेको रिलिफका अध्यक्ष हिरा घर्तिले बताउनु भयो । वडा नं. ९ को आर्थिक सहयोगमा सो रकम वितरण गरिएको हो ।
वडा ९ का कार्यबाहक अध्यक्ष सिमा केसीको प्रमुख अतिथिमा सुरु गरिएको शैक्षिक सामग्री कार्यक्रमले लक्षित बर्गले पाएको राहतले खुशी भएको एक राहत प्राप्त गर्नेले सर्वसाधारणले बताए । सामग्री का.बा. अध्यक्ष केसीको हात द्वारा वितरण गरिएको थियो । चैत १० गते बिहीवार बिहान ८ बजे सुरु भएको सो कार्यक्रममा स्वागत शुस्मा चौधरीले गर्नु भयो । कार्यक्रममा बोल्दै काबा अध्यक्ष केसीले बालबालिकाका भनेका भविष्यका कर्णधार हुन् । त्यसैले यस्ता वालबालिकालाई लक्षित गरि शैक्षिक सामग्री वितरण गर्नु एकदमै राम्रो काम भएको बताउनु भयो ।अध्यक्ष केसीले भन्नु भयो,´ शिक्षा ज्याेति हाे, बिद्यार्थी अनुसाशित हुनु पर्छ । राम्रो शिक्षाले भोलि असल नागरिक तयार हुन्छन् । त्यसैले यस्तो अवधारणा ल्याएकोमा टियर रिलिफ नेपाललाई धन्यवाद दिन्छु ।`
टियर रिलिफ नेपालका अध्यक्ष हिरा घर्तिले जनप्रतिनिधिहरुलाइ खादा मार्फत सम्मान गर्नु भयो । अध्यक्ष घर्तिले भन्नु भयो, ´ यस टियर रिलिफ संस्थाको उद्देश्य दु:ख पाउनु भएका, हेलित भएका, चिन्तामा भएका, लागुपदार्थले थलिएका परिवारहरुको आँसु पुछ्नु हो । यस्तो असल कार्यमा साथ दिने वडा नं. ९ र सम्पूर्ण कार्यसमितिलाई हार्दिक धन्यवाद दिन्छु ।`
कार्यक्रममा वडाका सदस्य अकवर शेख, रमेश प्रसाद तिमिल्सेना, शान्तिया खटिक, समाजसेवी गोबिन्द रेग्मी, कृष्ण प्रसाद भडेल बिहानिको तारा मेडिया प्रा.लि का अध्यक्ष/ प्रधान सम्पादक दिपेन्द्र धिताल (अर्थोक)को उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजसेवी गोबिन्द रेग्मी, बिहानिको तारा मेडिया प्रा.लि का अध्यक्ष/ प्रधान सम्पादक दिपेन्द्र धिताल अर्थोक, नेपालगन्ज उप-महानगरपालिका वडा न ९ का सदस्य अकवर शेख, रमेश प्रसाद तिमिल्सेना, शान्तिया खटिक ले मन्तब्य राखेका थिय । शिक्षा जिवकाे ज्याेती हाे भन्ने साेलाेक शहित कार्यक्रम समापन भएकाे थियाे ।

Next Post

प्रेस सेन्टर खजुरामा रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन

२०७८ चैत्र ११, शुक्रबार १९:१४
   नेपालगन्ज । प्रेस सेन्टर नेपाल खजुरामा भएको सम्मेलनले  रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सनिवार खजुरा गाउपालिकाको वडा नं. ३ मा निर्वाचित २१ सदस्यीय कार्यसमितिको अध्यक्षमा थाप चयन हुनुभएको हो । सेन्टर खजुराको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी […]

सम्बन्धित समाचार