संवाददाता, नेपालगंज।
कर्णाली प्रदेश अन्र्तगत पर्ने मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बाँनियालाई बलात्कार गरेको आरोप लागेको छ । आफुलाई बाँकेको नेपालगंज स्थित एक होटलमा सांसद बाँनियाले बलात्कार गरेको आरोप जुम्लाकी एक महिलाले लगाएकी हुन ।
आफुमाथी भएको बलात्कारको उजुरी ३ दिन सम्म पनि बाँके प्रहरीले दर्ता नगरिदिएको भन्दै विभिन्न संञ्चारमाध्यम समक्ष गुनासो महिलाले पोखेकी हुन ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले वहालवाला सांसदको विरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुदाँ सभामुखबाट अनुमति लिनुपर्ने भएकाले उजुरी दर्ता गर्न केही ढिलाई भएको बताउनुभएको छ ।
उहाँले पिडितको जाहेरी माथी अनुसन्धान भईरहेको पनि जानकारी दिनुभएको छ ।
सांसद बाँनियालाई बलात्कार गरेको भनी आरोप लगाउने महिलाले आफनो २५ लाख रुपैंया समेत बाँनियाबाट लिनु पर्ने रहेको दाबी गरेकी छन ।
तर केही संञ्चारमाध्यममा प्रकाशित विवरण अनुसार सांसद बाँनियाले आफुमाथी लागेको आरोप सही नभएको बताएका छन ।
अपडेट