नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका २७ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउने भएको छ । जनयुद्धका कारण नै देशमा गणतन्त्र स्थापना भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाको वाडा नं. ४ अवस्थित नगर पार्टी कार्यालय उद्घाटन गरेर जनयुद्ध दिवस मनाउने नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।
२०५२ सालको फागुन १ गते घगारुको लठ्ठी द्वारा जनताको अधिकार स्थापना गर्ने उद्देश्यले शुरुभएको जनयुद्धको स्मरणमा हजारौं सहिद प्रती सम्मान गर्दै भोलि आइतबार सांझ ६ बजे सहिद सेतु विक चोकमा दिप प्रज्वलन गर्ने अध्यक्ष शाहीले जनाउनु भयो । जनयुद्धको राप र तापमा स्थापना भएको गणतन्त्रलाई नै धरापमा पार्न खोज्ने प्रती होसियार हुनुपर्ने भन्दै नगर सचिव प्रेम बहादुर शाहले भोलि ३ बजे भेरी अस्पतालमा नेपालगन्जमा बिरामीहरुलाइ फलफुल वितरण गरिने कुराको जानकारी गराउनु भयो ।
भोलि हुने जनयुद्ध दिवसमा ११ बजे पार्टी कार्यालय उद्घाटन सहित शुभकामना आदानप्रदान, १ बजे र्याली सहित त्रिभुवन चोकमा कोणसभा गर्ने र सांझ सेतु विक चोकमा दिप प्रज्वलन गर्ने योजना समेत अध्यक्ष शाहीले बताउनु भयो । जनयुद्धको संझनामा देशै भर विभिन्न कार्यक्रम हुने विभिन्न संचार माध्यमले बताएका छन् ।