शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय आजदेखि सञ्चालन

  ।   २०७८ फाल्गुन १, आईतवार ०७:०६

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदै छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को सिफारिसानुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लब, सिनेमा हललगायत रात्रिकालीन व्यवसाय, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालन गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीले सिफारिस गरेको थियो ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एकपटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।

Next Post

आजदेखि सबै नागरिकलाई बुस्टर डोज दिइँदै

२०७८ फाल्गुन १, आईतवार ०७:०६
काठमाडौं । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने […]