युनेस्कोद्धारा बाँकेका अतिविपन्न ९० परिवारकालागि हैन्डपम्प जडान

  ।   २०७७ मंसिर १३, शनिबार २१:२२


सिराज खान
नेपालगन्ज । खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ९० वटा खानेपानी धारा जडान गरेको छ ।

बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० अति विपन्न परिवारले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोले उनिहरुको घरमा खानेपानी धारा जडान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले आर्थिक अभावका कारण खानेपानीको धारा राख्न नसकेकाहरुको घरमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा धाराहरु जडान गरिएको बताउनुभयो । नरैनापुर गाउँपालिका २ मा ४५ घर परिवारका लागि ४५ वटा र नेपालगञ्ज २० मा ४५ वटा परिवारका लागि ४५ वटा गरेर ९० वटा हैन्डपम्प जडान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । उहाँले विपन्नताका कारण खानेपानीको अभाव झेल्दै आएकाहरुको घरमा स्थानीय तहको समन्वयमा धारा जडान गरिएको बताउनुभयो ।

जिल्लाको नरैनापुर र नेपालगन्जमा जडान गरिएका हैन्डपम्पबाट धारा जडान गरिएका वरिपरिका घरपरिवारपनि लाभान्वित हुने कतार च्यारेटी नेपालका इन्जिनियर आमिर फैजलले बताउनुभयो । कतार च्यारेटी नेपालका प्रोग्राम म्यानेजर ईर्शाद शेषले ती ९० वटा धाराबाट ९० परिवारका पाँचसय बढीले प्रत्यक्ष रुपमा खानेपानीको उपभोग गर्न पाउने बताउनुभयो । ९० वटा धारा जडानका लागि ३३ लाख ६५ हजार ५५० रुपियाँ खर्च गरिएको क्लबले जनाएको छ ।

विगत केही समयदेखि बाँके जिल्लामा कतार च्यारेटी नेपालले क्लब मार्फत विपन्नहरुको आर्थिक अवस्थामा सुधारका लागि विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको छ ।

Next Post

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

२०७७ मंसिर १३, शनिबार २१:२२
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकाले अहिलेको कार्यकालमा गोल्छा र […]