कतार च्यारिटीको सहयोगमा बाँके युनेस्कोद्धारा अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण

  ।   २०८० फाल्गुन २६, शनिबार २०:११

नेपालगन्ज, । रमजान पर्वलाई ध्यानमा राखेर मुस्लिम समुदायका अति बिपन्न ३२० परिवारलाई बाँके युनेस्को क्लबले खाद्यान्न सामाग्री बितरण गरेको छ ।

कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले शनिवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा बाँकेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुना, कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्री र कतार च्यारिटी नेपालका कन्ट्री डायरेक्टर मोहम्मद वकासले संयुक्त रुपमा खाद्यान्न वितरणको शुरुवात गर्नुभयो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले अतिविपन्न परिवारको छनोट गरेर रमजानका लागि खाद्यान्न वितरण गरिनु निकै सराहनीय कार्य भएको जनाउँदै यसबाट चाडपर्व मनाउन सहज हुने बताउनुभयो ।

उक्त अवसरमा बोल्दै कतार च्यारिटी दोहाका जनरल सुपरभाइजर मेतेब साइद अल्मर्रीले खाद्यान्न वितरण गर्न पाउँदा खुशी लागेको जनाउँदै यसले रोजा बस्न र रमजान पर्व मनाउन सहयोग गर्ने बताउनुभयो । सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, आईडियल पब्लिक स्कुलका शिक्षक मोहम्मद ईलियास, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले आ आफ्नो भनाई राख्नु भएको थियो ।

विपन्न परिवारलाई वितरण गरिएको खाद्यान्नमा हरेक परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, ५ लिटर खाने तेल, ३ केजी चना, २ केजी चिनि, एक पैकेट नुन र एक किलो सेवई गरेर ४ हजार २३८ रुपियाँको सामाग्री रहेको बाँके युनेस्को क्लबका अध्यक्ष तुलाधरले बताउनुभयो ।

Next Post

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ

२०८० फाल्गुन २६, शनिबार २०:११
काठमाडौँ, । प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितीका बारेमा संसदीय दललाई जानकारी गराउनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका […]