चौतर्फी आर्थिक मन्दी लागेको समयमा संघीय संसद्का सदस्यहरूले भने दशैं भत्ता बुझे

  ।   २०७७ आश्विन ३०, शुक्रबार १६:०२

कोरोना महामारीका कारण चौतर्फी आर्थिक मन्दी लागेको समयमा संघीय संसद्का सदस्यहरूले भने दशैं भत्ता बुझेका छन्, त्यो पनि गत वर्ष मन्त्रिपरिषद्ले गरेको निर्णयमा टेकेर । पोहोरको निर्णयका आधारमा संघीय संसद सचिवालयले सांसदहरूलाई दशैं भत्ता बाँडेको हो ।

मुलुकको आर्थिक अवस्था जर्जर बनेको समयमा संघीय संसद्का सांसदले एक महिनाको पारिश्रमिक बराबरको चाडबाड भत्ता बुझेका हुन् । सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ छ ।

संघीय संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा २०७६-०५-३१ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार चालु आर्थिक वर्ष २०७७-०७८ मा समेत चाडबाड खर्च उपलब्ध गराइएको उल्लेख छ ।

लोकान्तर डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके जिल्लाबाट आज थप ४२ जना कोेरोना जितेर घर फर्किदै

२०७७ आश्विन ३०, शुक्रबार १६:०२
बाँके । बाँके जिल्लाबाट आज (शनिबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ४२ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई […]