बर्दियाको राजापुरमा फोहोरलाई मोहर विषयक तीन दिने तालिम सम्पन्न

  ।   २०८० चैत्र ६, मंगलवार १४:३२

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा पालिकामा “फोहरलाई मोहर” (फोहरमैला व्यवस्थापनबाट रोजगारी सिर्जना गर्ने) विषयक तीन दिने तालिम सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।

३० जना युवतिहरुको सहभागिता रहेको सो तालिमको समापन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले फोहोर व्यवस्थापनबाट आय आर्जन गर्ने र रोजगारी सृजना गर्न सहयोग गर्ने यस्तो तालिमले फोहोर व्यवस्थापनसंगै आर्थिक विकास पनि हुने बताउनुभयो । उहाँले राजापुरमा सञ्चालन गरिएको हरित अर्थतन्त्र परियोजनालाई सफल पार्न नगरपालिकाले हरेक प्रकारको सहयोग र समर्थन गर्ने पनि बताउनुभयो ।

तालिम समापन कार्यक्रमकी अध्यक्ष तथा तालिमका सहभागि आकृति चौधरीले यो तालिमबाट सहभागिहरुलाई विभिन्न किसिमका फोहोर व्यवस्थापन र त्यसबाट मल बनाउने ज्ञानमा बृद्धि हुनुका साथै आम्दानीको अवसर समेत मिलेको बताउनुभयो । तालिमका प्रशिक्षक दिपक भट्टराईले तीन दिनसम्म सहभागि युवतिहरुलाई विभिन्न किसिमका फोहोरमैला व्यवस्थापन र त्यसको प्रयोगबाट जैविक मल बनाउन र त्यसबाट रोजगारी सिर्जना गर्न उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

तालिमको समापन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, सहायक निर्देशक महेश नेपाली, परियोजना अधिकृत राधे कृष्ण र फिल्ड पर्यवेक्षक रञ्जिता रिजाल तथा सुश्री कञ्चन दहितको पनि उपस्थिति रहेको थियो । तालिममा सहभागि अधिकांश युवतिहरुले यो तालिमबाट साच्चिकै फोहरलाई मोहरमा परिवर्तन गर्ने विभिन्न प्रकारका योजना र कार्यहरुबारे बिस्तृत रुपमा जानकारी भएको प्रतिक्रिया दिएका थिए ।

Next Post

सुशासनको सवालमा कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

२०८० चैत्र ६, मंगलवार १४:३२
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” […]