बर्दियाका सन्कि सिडियो सन्त बहादुर सुनार, गुनासो गर्दा गेट आउट !

चोरी बढेपछि ब्यवासायिको ध्यानाकर्षण सहित ज्ञापन पत्र

  ।   २०७८ माघ ४, मंगलवार १४:१०

संवाददाता, गुलरिया, बर्दिया ।

सुनचाँदी पसलमा चोरी हुने, चोर पत्ता नलाग्ने क्रम बढ्दै गएपछि बर्दिया सुनचाँदी ब्यवसायि संघले आज प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारलाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुनारले चोरीका घट्ना बढेको र, अब कडाईका साथ अगाडी बढ्छौं भनी प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

संघका अध्यक्ष हर्क बहादुर सुनारका अनुसार चालु आर्थिक बर्ष २०७८-०७९ को साउन देखी यता हालसम्म मात्रै ३ वटा सुनचाँदी पसलमा चोरी भएको छ ।

२०७६ सालदेखी हालसम्म ९ वटा पसलमा चोरी भएको र ५ करोड रुपैंया भन्दा बढीको क्षति सुनचाँदी ब्यवसायिले ब्यवहोर्नु परेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

बर्दिया सुनचाँदी ब्यवसायि संघमा अहिले १ सय जनाको बराबरीमा ब्यवसायिहरु आबद्ध रहेका छन ।

यसैबीच, ज्ञापन पत्र बुझाउने क्रममा पुगेका पीडित सुनचाँदी ब्यवासायि र प्रमुख जिल्ला अधिकारी बीच केही भनाभन समेत भएको छ ।

पटक–पटक आफनो गुनासो लिएर सिडियो अफिस ध्याएको तर सिडियोले आफनो गुनासोलाई नसुनेको भन्दै सुनचाँदी ब्यवासायि आक्रोसीत भएका थिए ।

त्यही झोकमा प्रमुख जिल्ला अधिकारी सुनारले सुरक्षाकर्मी लगाएर पीडित सुनचाँदी ब्यवासायिका कुरै नसुनी गेट बाहिर पठाईदिएको खबर प्राप्त भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनार बर्दिया आएदेखी विवादित बन्दै आएका छन ।

सेवाग्राही सँग जोडिएको एउटा बिषय, गत साउनमा हाफ पाइन्ट लगाएर सेवा लिन आए जिल्ला प्रशासन प्रवेशमा रोक लगाउने भनी निर्णाय गरेपछि सर्वत्र आलोचना र विरोध भयो । पछि लग्तै प्रशासनले बिज्ञप्ती जारी गरेर प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको निर्देशन संशोधन गर्यो । अपडेट…

यो पनि हेर्नुहोस ।

सुनचाँदी ब्यवसायि असुरक्षित बन्दै…

प्रहरी र नेपाल इन्स्योरेन्सबाट ठगीएका मनोज

 

 

Next Post

बाँके प्रहरीको ६ महिने कार्य प्रगती विवरण सार्वजनिक

२०७८ माघ ४, मंगलवार १४:१०
संवाददाता, नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक बर्ष २०७८-०७९ को ६ महिने कार्य प्रगती विवरण सार्वजनिक गरेको छ । आज एक समारोहका बीच सार्वजनिक गरिएको विवरण अनुसार प्रहरीको पहिलो प्राथामिकतामा लागु औषध देखिएको छ । प्रहरीले यो अवधिमा लागु औषध सहित ८८ जना कारोबारीलाई समेत पक्राउ गर्न सफल भएको […]

सम्बन्धित शीर्षक