संवाददाता, नेपालगंज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक बर्ष २०७८-०७९ को ६ महिने कार्य प्रगती विवरण सार्वजनिक गरेको छ ।
आज एक समारोहका बीच सार्वजनिक गरिएको विवरण अनुसार प्रहरीको पहिलो प्राथामिकतामा लागु औषध देखिएको छ । प्रहरीले यो अवधिमा लागु औषध सहित ८८ जना कारोबारीलाई समेत पक्राउ गर्न सफल भएको छ ।
६ महिनाको कार्य प्रगति विवरण :
– लागू औषध तर्फ
ब्राउनसुगर २६५ ग्राम ६१० मिलिग्राम
चरेश ४ किलो ३७५ ग्राम
नाईट्राजेपाम ३५४३ ट्याव्लेट
कोरेक्स : ६००० मिलिलिटर
गाँजा २० ग्राम, ट्रमाडोल १४३० ट्याव्लेट सहित ८८ जना लागू औषध कारोबारी लाई ५,११,०००।– नगद सहित पक्राउ गरिएको ।
- नेपाल प्रहरी र भारतिय प्रहरीको समन्वयले भारतमा समेत लागू औषधको कारोबार गर्ने लागू औषधका कारोबारीहरुलाई ठुलो परिमाणको लागू औषध सहित पक्राउ गरेको जसका कारण नेपालमा समेत लागू औषध ओसारपसारमा कमी हुने देखिएको ।
- फरार अभियूक्त पक्राउ : १३९ जना (६४ वर्ष १० महिना कैद, रु ३७,९९,५१४।–जरिवाना असुल)
- सुन बरामद मिति २०७८।०५।१८ गते जिल्ला बाँके नेपालगंज २० नेपालगंज विमानस्थलको कम्पाउण्डको बाट दुई जना सुन तस्कर सहित ४ किलो २९.१९ ग्राम सुन (मुल्य रु ३,१३,९७,६७५।–) बराबरको पक्राउ गरिएको ।
- सुन भनी ठगी नक्कली धातु देखाई ठगी गर्ने पक्राउ
जिल्ला डोल्पा जगदुल्ला गा.पा.वडा नं.१ वस्ने रविन्द्र रोकाय लाई १ किलो सुन दिन्छु भनि निजलाई सुन जस्तो नक्कली धातु देखाई निज बाट रु १५ लाख रकम लिई ठगी गर्ने जिल्ला जाजरकोट बारेकोट गा.पा.६ वस्ने राजु कार्की र ऐ.ऐ.वस्ने पुर्ण बहादुर वि.क.लाई मिति २०७८।०९।१४ गते पक्राउ गरी अनुसन्धान भईरहेको । - भन्सार चोरी पैठारी सम्बन्धी : ४,३६,२६,६०८ ।– बराबरको समान सहित २७ जना तस्कर पक्राउ गरी भन्सार कार्यालय बुझाएको ।
- (आ.ब.२०७७।०७८ मा पहिलो ६ महिनाको भन्सार राजस्वः– १,०३,७६,५०१।–)
मुल्य रु २०,००,०००।– बराबरको भारतबाट अवैधरूपमा भित्र्याईएको बोईलर कुखुरा, चल्ला, मासु, माछा सहित ७ जना लाई पक्राउ गरी क्वारेन्टाईन कार्यालय बुझाएको । - बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित ४, हातीको दाँत २ सहित १० जना लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय बुझाईएको ।
- अं.६,५३,९००।– पर्ने सालको काठ ११ गोलिया चिरान ११८ सहित ३ जना लाई पक्राउ गरी आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय बुझाइएको ।
- कटुवा पेस्तोल ३, एयरपेस्तोल १, भरुवा भन्दुक १, सो लाग्ने छर्रा ३ सहित ४ जना लाई पक्राउ गरी कारबाही गरिएको ।
हाल सम्म कुल ५३७ मुद्दामा ६७४ जना लाई पक्राउ गरी कारबाही गरिएको । - (आ.ब. २०७७।०७८ मा ४७८ मुद्दामा ५१८ जनालाई पक्राउ गरीएको)
जुवातास : हारजित हुने गरी जुवा तास खेल्ने ६१ जना लाई नगद रु ९,५१,६१० ।– सहित पक्राउ गरी कारबाही गरिएको । - नदीजन्य पदार्थ उत्खनन् गर्ने : ६ टिप्पर, १० टेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही लागि सम्बन्धित जिल्ला समन्वय समिति, न.पा..गा.पा.मा पठाई सोबाट रु ३,३०,०००।– बराबरको राजश्व संकलन गरिएको ।
- वेश्यावृद्धी रोकथाम : नेपालगंज तथा कोहलपुर एरियाका बिभिन्न होटलहरुमा यौन व्यवसाय संचालन गर्ने, आगन्तुहरु लाई दुःख हैरानी दिने १६ वटा होटल, रेष्टुरा माथी आवश्यक छानविन गरी संलग्न ५ वटा होटल तथा रेष्टुराका संचालक सहित ११ जना महिला र ८ जना पुरुष जम्मा १९ जना लाई पक्राउ गरी कारबाही गरिएको ।
- ट्राफिक नियम उलंघन : ट्राफिक नियम उलंघन गरी सवारी चलाउने २०,५३५ सवारी साधनलाई कारबाही गरी रु १,१२,३४,५००।– राजश्व संकलन गरिएको ।
- बाँके जिल्लाको बिभिन्न स्थानहरु बाट चोरी भएका ३ वटा स्कुटी, ११ वटा मोटरसाईकल बरामद गरी सवारी साधन चोरी कार्यमा संलग्न १७ जना लाई कारबाही गरिएको ।
- मिति २०७८।०४।०७ गते ने.ग.उ.म.न.पा.बसपार्क नजिक पुर्ण प्रसाद गौतमको गौतम ईलेक्ट्रोनिक्सबाट मोबाईल, चेक र नगद समेत चोरी भएकोमा निजको चोरी भएको ३६ थान स्मार्ट फोन सहित ने.ग.उ.म.न.पा. १३ बस्ने नानु खटिक, नन्कउ खटिक र सुमित शर्मालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाईएको ।
- बाँके जिल्लाको बिभिन्न स्थानबाट हराएका, चोरी भएका स्मार्ट फोन १९ वटा फेला पारी सम्बन्धित मोवाईल धनीलाई बुझाईएको ।
- बिभिन्न शिर्षकहरुमा सङ्कलित कुल राजस्व
१.भन्सार चोरी पैठारीबाटः– रु. ४,३६,२६,६०८ ।–
२.सुन तस्कर कारवाहीबाटः– रु ३,१३,९७,६७५।–
३.ट्राफिक कारवाहीबाटः– रु. १,१२,३४,५००।–
४.नदिजन्य पदार्थ उत्खनन्ः– रु ३,३०,०००।–
५.जुवातास कारवाहीबाटः– रु ९,५१,६१० ।–
६.काठ तस्कर कारवाहीबाटः–रु. ६,५३,९००।–
७.क्वारेन्टाईन नगराईएका कुखुरा तथा माछा मासुः– २०,००,०००।–
८.फरार अभियुक्तबाट असुल जरिवानाः– रु ३७,९९,५१४।– - चालू आ.व.को ६ महहिनामा संकलित जम्मा कुल राजस्वः–९,३९,९३,८०७।–
गत आ.ब.२०७७।०७८ को पहिलो ६ महिनामा संकलित कुल राजस्वः– २,७५,३४,७३८।– - अन्य विविध कार्यक्रमहरु :
– बिभिन्न प्रलोभनमा पारी नेपालबाट भारत तर्फ जादै गरेका ९२जना महिला र ३४ जना पुरूष मानिसलाई उद्धार गरी सम्बन्धित अभिवाभकको जिम्मा लगाई बुझाईएको ।
– बढ्दै गईरहको कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी प्रहरीबाट माईकिङ, रेडियो, एफ.एम.बाट प्रचार –प्रसार एवं सम्बन्धित निकायसंग समन्वय गरी हेल्पडेक्सको स्थापना, आरडिटी परिक्षण, एन्टिजेन परिक्षणको व्यवस्था मिलाईएको ।
– नेपालगंज बजार एरियाका बिग्रेका सि.सि. क्यामेरा मर्मत कार्य सुरु गरिएको ।
– बढ्दो कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी प्रत्येक प्रहरी कर्मचारीहरूलाई आवस्यक मात्रमा मास्क बितरण गरीएको ।
– यस जि.प्र.का.बाँकेको हिरासत कक्षमा रहेका थुनावाहरुलाई जाडोयामलाई मध्यनजर गरी ५० थान कम्बल बितरण गरीएको ।
– जिल्ला वन कार्यालय बाँकेसंग समन्वय गरी सितलहरबाट बच्न नेपालगंज बजार एरियमाका बिभिन्न चोकहरुमा दाउरा बाली आगो ताप्ने व्यवस्था मिलाईएको ।



