संवाददाता, नेपालगंज।
देशभरीका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गर्ने योजना अनुसार नेकपा (माओवादी केन्द्र) ले आज भेरी अस्पताल नेपालगंजलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
जसमा एन्टिजेन किट्स २ प्याकेट, अक्सिजन सिलिन्डर (ठूलो) १ थान, मास्क १५ प्याकेट, पिपिइ १० सेट, पल्स अक्सिमिटर १२ थान रहेको छ ।
पार्टीका बाँके जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेल (आइपी) ले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिरेन्द बहादुर चन्दलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा अस्पताल बिकास समितिका सदस्य द्वय धनिराम ओलि, कृष्ण प्रसाद श्रेष्ठ र अस्पतालका नर्सिङ्ग प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
फोटो सौजन्य तुल्सिमणि केसीको फेसबुकबाट…