नेपालगन्ज-१९ लाई नमुना वडा बनाउने योगीको प्रतिबद्धता

  ।   २०७९ बैशाख २२, बिहीबार २३:२१


नेपालगन्ज । नेपालगन्ज-१९ नेकपा माओवादी केन्द्र तर्फका अध्यक्षका उम्मेदवार  शम्भु नाथ योगीले आफुले जिते वडाबासीलाई निशुल्क स्वास्थ्य र शिक्षाको वयवस्थाका सथै नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  बिहिवार घरदैलो समापन कार्यक्रममा योगिले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

उम्मेदवार योगीले जनताका साना भन्दा साना समस्यालाई निजिकबाट नियालेर हेरेकोले वडा बासीले आफ्नो न्याय गरे आफुले पनि जनताका सबै समस्या बुझेर समाधान गर्ने बाचा गर्नु भएको छ । उमेरोमा पाको परिपक्व नेता योगी जनताका प्रिय पात्रका रुपमा परिचीत हुनुहुन्छ । बिहिवार वडाका विभिन्न बस्तीमा जनतालाई भेट्दै गर्दा वडा इन्चार्ज मिना मल्ल (पुन) ले घरदैलो कार्यक्रममा हिजो देखि जनताको साथमा रहेर काम गर्दै आएको स्मरण गराउदै जसको नीति उसैको नेतृत्व भएको खण्डमा  नमुना वडा बन्नेमा कुनै पनि शंका नगर्न जनतालाई आग्रह गर्नु भयो ।

नेपालगन्ज-१९ मा नेकपा माओवादी केन्द्रको चुनावी प्रचारप्रसार उत्साहजनक भएको छ । जनताले स्वतस्फूर्त तरिकाले साथ दिन थालेपछि वडा पार्टीको उत्साह थपिदै गएको घरदैलो अभियानका कार्यकर्ता बताउँछन् । वडा भित्रको बिकासमा कोसो ढुंगाको रुपमा परिवर्तन सहितको काम गर्ने आश्वासन दिदै गर्दा वडाबासीले नेता योगीमाथी भोरोसा गरेका छन् । घरदैलो अभियानमा जनताले आफ्ना घरमा बस्न, पानी खाएर जान, आउनु भएको लागि धन्यवाद भन्दै सत्कार गरेको कुराले प्रचारप्रसारमा घरदैलो जाने नेता कार्यकर्ताहरु उत्साहित भएर फर्किने गर्दछन्  ।

Next Post

नेपालगन्ज-१० लाई नमुना वडा बनाउने पुनको प्रतिबद्धता

२०७९ बैशाख २२, बिहीबार २३:२१
नेपालगन्ज । नेपालगन्ज-१० माओवादी केन्द्र तर्फका अध्यक्षका उम्मेदवार धनबहादुर पुनले आफ्नो वडालाई नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चुनावी प्रचारप्रसारको क्रममा आफ्नो वडाका जनता संग सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उत्साहजनक घरदैलो अभियानमा जुटेका नेता कार्यकर्ताले अध्यक्षका उम्मेदवार पुनलाई साथ दिएका छन् । घरदैलो अभियानमा […]

सम्बन्धित शीर्षक