सबिता चन्द
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ वडा समितिले बिहीबार जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा भित्र रहेका २४ जना जेष्ठ नागरिकहरुलाई समितिले सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रतन बहादुर शाहीले समाजलाई समृद्ध बनाउनको लागि जेष्ठ नागरिकहरुको अनुभव समेटेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो । प्रमुख अतिथि शाहीले भन्नुभयो,´जेष्ठ नागरिक यो समाजका जिउँदो इतिहास हुन् ।`
त्यस्तै कार्यक्रमका अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा सफल व्यवसायी अब्दुल वाहिद मन्सुरी (चुन्ना) ले जेष्ठ नागरिकहरुलाई सम्मान गरेर उदाहरणीय काम गरेको बताउनु भयो । सम्मान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष प्रेम बहादुर शाही, धर्म राज न्यौपाने लगायतका नेताहरूले जेष्ठ नागरिकहरुलाई बधाई मन्तव्य दिनुभएको थिए ।
वडा समितिले सरिफ खाँ, होली खाँ, बाबुलाल कोरी, मुनिर खाँ, गरिबुल्ला बेहना, मोतिराम बुढामगर, खडक बहादुर शाही, मो. सफिर खाँ, स्वामी दयाल चमार, बृजलाल लोनिया, गंगाजली चमार, फुलंगी रैदाश, बुद्धु बेहना, साबिर अलि मनिहार, खलिल अहमद दर्जी, रंगिलाल कोरी, खलिल बेहना, मदिना नाउँ, जगराना चमार, कृष्ण रैदास, शार्दा कोरी, मनोराना कोरी, भागराना बनिया र मनसरा कोरी लगायतका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर वडा समितिले सम्मान गरेको नगर अध्यक्ष शाहले बताउनु भयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगर उपाध्यक्ष तिरथ राम चिडिमार, अयुव सिद्धिकी, मन्दिरा पाण्डे, सचिव धर्मराज, सहसचिव धर्मराज न्यौपाने, छन्त्याल, कोषाध्यक्ष बबी नेपाली/कोरी, सदस्यहरु, सदस्यहरु रन्जित खाँ, रामबहादुर सुनार, जेष्ठ नागरिक लक्ष्मण चमार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन रज्जब अलि नाउले गर्नुभएको थियो भने अध्यक्षता अल्फाद खाँले गर्नुभएको थियो ।



