मोटरसाइकलको ठक्करबाट ७० वर्षीय गोरखबहादुरको मृत्युु

  ।   २०८० कार्तिक २८, मंगलवार १९:१६

नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

नेपालगञ्जको न्यूरोडमा मङ्गलबार दिउँसो लु ७६ प ३४४१ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुरका ७० वर्षीय गोरखबहादुर शाहीलाई ठक्कर दिँदा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

सेतु विक चोकबाट बसपार्क जाँदै गरेको १८ वर्षीय विशाल बमले चलाएको उक्त मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका शाहीलाई ठक्कर दिएको उहाँले बताउनुभयो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका शाहीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको र उपचारका क्रममा शाहीको मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिनुभयो ।

शाहीलाई ठक्कर दिने मोटरसाइकल र चालक बमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

Next Post

नेपाल संवतमा मोटरसाइकल र्‍याली

२०८० कार्तिक २८, मंगलवार १९:१६
नेपालगन्ज । नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्‍याली निकालिएको छ । बाँकेमा क्रियाशील नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा मङ्गलबार बिहान शुभकामना आदानप्रदान र मोटरसाइकल र्‍याली निकालिएको हो । स्थानीय गणेशमान चोकबाट सुरु भएको र्‍याली नेपालगन्जको विभिन्न चोकहरुसहित प्रसिद्ध बागेश्वरी […]