बाँके । बाँके जिल्लाबाट आज (शनिबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ५० जना निको भइ डिस्चार्ज हुँदैछन् ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा द्दघ जना महिला र २७ पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक हजार ४११ पुगेको छ ।
बाँकेमा हालसम्म एक हजार ७७४ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये १२ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३५८ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।
बाँकेमा बिरामी निको हुने दर ७९.५४ प्रतिशत, मृत्यु दर ०.६८ प्रतिशत र रोगको प्रकोप दर ०.२९ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९डी।सीसी।एम।सी० बाँकेले जनाएको छ ।