करिब ९ अर्ब रुपैंयाको राप्ती नदी गुरुयोजना स्वीकृत

  ।   २०७७ चैत्र ३०, सोमबार १८:०७

संवाददाता, नेपालगंज

करिब ९ अर्ब रुपैंयाको लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी राप्ती नदी बाँकेको गुरुयोजना तयार भई स्वीकृत भएको छ । यसमा भारत र साउदी अरबले सहयोग गर्ने भनेका छन ।

उत्पादनशिल जमिन बचाउने, राप्ती नदीलाई मानवीय सेवामा प्रयोग गर्नका लागी यो गुरुयोजना तयार पारिएको र सरकारले स्वीकृत गरी आवाश्यक प्रक्रिया अघि बढीसकेको संघीय सासंद महेश्वर गहतराज अथकले जानकारी दिनुभएको छ ।

यसबाट राप्ती नदी तटिय क्षेत्र दुबै तर्फका नागरिकले लाभ लिनेछन ।

रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जको साप्ताहिक अन्र्तवार्ता बिशेष कार्यक्रम समयको सार्थक बहसमा स्टेशन म्यानेजर डक्ट प्रसाद धिताल सँग कुराकानीका क्रममा सांसद अथकले राप्ती नदीको गुरुयोजना बारे पहिलो पटक जानकारी गराउनुभएको हो ।

Next Post

शहरमा शक्ति प्रर्दशन गर्दै दलित समुदाय

२०७७ चैत्र ३०, सोमबार १८:०७
संवाददाता, नेपालगंज । ‘सबै दलित जुटऔं, अभियान सफल पारौं’ भन्ने मुल नारा साथ आज बाँकेको नेपालगंजमा प्रर्दशन गरिएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल लेखिएको ब्यानर सहित विभिन्न ठाउँबाट जमघट भएका दलित समुदाय आफनो अधिकार माग्दै सडकमा उत्रिएका हुन । अपडेट..