विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

भारत र बङ्गलादेशमा सबैभन्दा धेरै असर

  ।   २०७७ आश्विन ९, शुक्रबार ०७:२४

एजेन्सी । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढी पहिरो, खडेरी आँधीबेहरीबाट उनीहरु प्रभावित हुन पुगेका एक प्रतिवेदनले जनाएको छ । इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) को क्लाइमेट सेन्टरले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा मानव समुदाय एकपछि अर्को गर्दै जोखिममा पर्दै गएको समेत उल्लेख छ ।

५ करोड १६ लाख मानिसहरूलाई बाढी, खडेरी वा आँधीबेहरी र कोरोनाबाट प्रत्यक्ष प्रभावित भएको तथ्याङ्क प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रकोपबाट सबैभन्दा धेरै प्रभाव भारत र बङ्गलादेशमा परेको छ । यी दुई देशको झण्डै ४ करोड व्यक्ति बाढी, आँधी र कोरोनाबाट प्रभावित भएका छन् ।

कोरोनाले पनि प्रत्यक्ष रुपमा विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका पाइएको छ । सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ । उज्यालो अनलाइन

Next Post

राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई प्रधानमन्त्रीको सम्बोधन : ‘गरिब हुनबाट रोक्नु मुख्य चुनौती’

२०७७ आश्विन ९, शुक्रबार ०७:२४
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाको महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती भएको बताउनुभएको हो । राष्ट्रसङ्घको ७५ औं साधारण सभामा ‘गरिबी चौबाटोमा : भविष्यलाई सुन्दर बनाउन नेतृत्व […]