राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई प्रधानमन्त्रीको सम्बोधन : ‘गरिब हुनबाट रोक्नु मुख्य चुनौती’

  ।   २०७७ आश्विन ९, शुक्रबार ०७:५५

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिबी नै मुख्य चुनौती भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले कोरोनाको महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु नै मुख्य चुनौती भएको बताउनुभएको हो ।

राष्ट्रसङ्घको ७५ औं साधारण सभामा ‘गरिबी चौबाटोमा : भविष्यलाई सुन्दर बनाउन नेतृत्व र बहु–आयामिक गरिबी सूचकाङ्कको प्रयोग’ विषयक बैठकमा उहाँले स्वास्थ्य र आर्थिक सङ्कटका बीच नागरिकमा लगानी गर्नु र उनीहरूलाई पुनः गरिब बन्नबाट रोक्नु एउटा महत्वपूर्ण चुनौती हुने बताउनुभयो ।

‘दिगो विकासको एजेन्डा २०३० प्राप्त गर्न अब एक दशक मात्र बाँकी रहेका बेला सिर्जना भएको यस्तो चुनौतीमा गरिबी न्यूनीकरण गर्न गरिएको प्रगति र समग्र विकास प्रयासहरूको मूल्याङ्कन गर्ने प्राथमिक सूचक हुनुपर्छ, बैठकमा उहाँले भन्नुभयो ।

गरिबीलाई बहु–आयामिक समस्याका रुपमा हेर्ने नेपालको दृष्टिकोणलाई जोड दिँदै नेपालको संविधानले बहुपक्षीय गरिबीका धेरै सूचकलाई नागरिकको मौलिक हकका रूपमा समावेश गरेको पनि प्रधानमन्त्रीको भनाइ छ । कोरोना महामारीले पूर्ण गरिबी अन्त्य गर्न र चाँडोभन्दा चाँडो गरिबीका अन्य सबै रूपलाई कम गर्न भइरहेको प्रयासमा गम्भीर असर पारेको पनि उहाँले बताउनुभयो । उज्यालो अनलाइन

Next Post

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या १२ पुग्यो

२०७७ आश्विन ९, शुक्रबार ०७:५५
नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। योसँगै बाँकेमा कारोनाबाट १२ जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो। स्वाथ्यमा समस्या आएपछि उहाँ असोज ६ गते अस्पतालमा भर्ना […]

सम्बन्धित समाचार