संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

  ।   २०७८ आश्विन ३, आईतवार ०७:०५

काठमाडौं । आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो ।

दक्षिणको छिमेकी भारतको प्रत्यक्ष असहमति र नेपालकै मधेश केन्द्रित दलहरुको विरोधका बिच मुख्य तिन दल कांग्रेस एमाले र माओवादीको नेतृत्वमा मुलुकमा जनताबाट लेखिएको संविधान जारी भएको थियो ।

त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस अर्थात राष्ट्रिय दिवसको रुपमा मनाउँदै आईएको छ । तर मधेशकेन्द्रीत दलहरुको असन्तुष्टी अmभैसम्म संवोधन हुन सकेको छैन । मुख्य राजनीतिक दलहरुले मेधशवादी दलका अडानलाई आ आफ्नो स्वार्थ अनुसार प्रयोग गर्दै आएका छन् ।

स्वयं मधेशवादी दलहरु पनि सत्तामा नपुग्दा मात्रै यी मुद्दा उठाउने गरेका छन् । नयाँ संविधान जारी भएको ६ वर्ष बित्न नपाउँदै यसप्रति असन्तुष्टी पनि बढ्न थालेको छ । संविधानमा उल्लेखित मौलिक हकहरु कागजमा मात्रै सिमित भएका छन् ।

केन्द्र सरकार सकेसम्म सबै अधिकार सिंहदरवारभित्रै राख्न चाहन्छ । परिणामस्वरुप प्रदेश सरकार नाम मात्रैका कागजी हात्ति बनेका छन् । अधिकारसम्पन्न स्थानिय तहमा विकृती र विसंगती बढ्दै गएको छ । संविधान जारी भएपछिको पहिलो निर्वचित संसद दुई पटक विघटनको असफल प्रयास भईसकेको छ ।

Next Post

बाँकेको बैजनाथमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना

२०७८ आश्विन ३, आईतवार ०७:०५
            बाँके । जिल्ला बैजनाथ गाउँपालिकामा आइतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संबिधान दिवसको अवसरमा  बैजनाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले   बैजनाथ गाउँपालिका:५ बनकटुवामा नेकपा माओवादी केन्द्र  लुम्बिनी प्रदेश कमिटी सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे (जेम्स)ले रिबन काटेर पार्टी कार्यालय स्थापना गरेका छन् । […]