बाल अधिकारका विषयमा बर्दियामा जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

  ।   २०७८ बैशाख ७, मंगलवार १९:२३

समाचारदाता, नेपालगन्ज । बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा बाल अधिकारका विषयमा एक जिल्लास्तरीय समन्वय बैठक सम्पन्न गरिएको छ ।
प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको परियोजना अन्तर्गत क्लबद्धारा बर्दियामा बाल अधिकार ः स्थानीयकरण कार्यान्वयनमा चुनौती र अवसर विषयमा समन्वय बैठकको आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले बैठकमा जिल्लाका ६ वटा पालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायत महिला तथा बालबालिका शाखाका प्रमुख तथा अन्य जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको बताउनुभयो ।

बैठकमा बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सहभागि सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुसंग पालिकामा रहेको बालबालिका समबन्धि बजेट त्यसको उपयोग बारे सोधपुछ गर्नुका साथै बालबालिकामा लगानी बढाउँदै जानु पर्नेमा जोड दिनु भएको थियो ।

उहाँले बालबालिकामा अहिले गरिएको लगानीले नै भोलि देशको भविष्य निर्माण हुने बताउँदै हरेक पालिकाले आफ्नो बजेट तयार पार्दा बालबालिकालाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सो बैठकमा उहाँले विगतमा गरिरएका बजेट विनियोजनबाट भए गरिएका काम बारे पनि जानकारी लिंदै आगामी दिनमा कसरी बालबालिकाको क्षेत्रमा लगानी बढाएर बाल अधिकारको रक्षा र संरक्षणमा टेवा दिन सकिन्छ भन्ने विषयमा पनि गहन रुपमा छलफल गराउनु भएको थियो ।

सोही बैठकमा बर्दियाका जिल्ला समन्वय अधिकारी कृष्ण बहादुर खड्काले बाल अधिकारको विषयलाई स्थानीयकरण गर्ने विषयमा स्थानीय तहको नै अहम भूमिका र रोल हुने भएकोले पालिकामा भएका बजेटको समिक्षा गर्न प्रशासकीय अधिकृतहरुलाई आग्रह गर्नुभयो ।

सो महत्वपुर्ण बैठकमा जिल्लाका ६ वटा पालिकाहरु गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र बासगढी नगरपालिकाका प्रशासकीय अधिकृत र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

बैठकको सहजीकरण किरण थापाले गर्नु भएको थियो भने बैठकको सञ्चालन बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसीले गर्नु भएको थियो ।

Next Post

बर्दियाको बढैयातालमा बाल विवाह रोक्न हस्ताक्षर अभियान शुरु

२०७८ बैशाख ७, मंगलवार १९:२३
समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बाल विवाह मुक्त वडा हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका साथ बर्दियाको बढैयाताल गाउँपालिकामा घरदैलो हस्ताक्षर अभियान सुरु गरिएको छ  । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा नागरिक समाज संजाल बढैयाताल र बाँके युनेस्को क्लवको साझेदारीमा सो अभियान शुरु गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो […]