आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

  ।   २०७७ फाल्गुन १७, सोमबार ०८:०१

आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

काठमाडौं । इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ ।

इरानले आफूविरुद्ध लगाइको प्रतिबन्द नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको प्रस्ताव अस्वीकार गरेको हो । सन् २०१५ मा भियनामा भएको आणविका सम्झौता तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा भंग गरेर आफूमाथि दवाव दिएको इरानको आरोप छ ।

सो आणविक सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्ति उत्पादनलाई क्रमश घटाउँदै लैजाने बताइएपनि पालना नभएको भन्दै अमेरिकाले सम्झौताको एकतफी रुपमा भंग गरेको जनाएको थियो ।

अमेरिकाको नेतृत्व परिवर्तन भएसँगै राष्ट्रपनि जो वाइडेनले आणविकका सम्झौतालाई नयाँ ढंगबाट लागू गर्ने बताएसँगै केही महिनाअघि इरानले वार्ता गर्न सकिने जनाएको थियो । तर राष्ट्रपति वाइडेनले सम्झौता पालना गुर्नपर्ने पहिलो शर्त भएको बताएसँगै इरान वार्ताबाट पछि हटेको हो । एजेन्सी

Next Post

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

२०७७ फाल्गुन १७, सोमबार ०८:०१
काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो । सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो […]