राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान

  ।   २०७७ फाल्गुन १७, सोमबार १८:१३
unn.prixa.net

काठमाण्डौ | राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले  फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

Next Post

कोरोनाका कारण थप तीन जनाको ज्यान गयो, ७३ जनामा सङ्क्रमण पुष्टि

२०७७ फाल्गुन १७, सोमबार १८:१३
काठमाण्डाै | कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको […]